Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । राजधानी काठमाडौं उपत्यकालाई पछिल्लो समय कडा निगरानीमा राखिए पनि यसअघि गरिएको गल्तीका कारण संक्रमित बढ्नेक्रम झन् बढ्दो छ । लकडाउन खुकुलोभएसँगै बाहिरी जिल्ला र छिमेकी मुलुक भारतबाट छिरेका नागरिकले काठमाडौंलाई कोरोनाको हटस्पट बनानाएका हुन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् । यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

उपत्यकाका १७२ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका मात्रै १७२ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको जानकारी दिए । यस्तै हालसम्म निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ भने मृतकको संख्या १०४ पुगेको छ ।