Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपत्यकामा कडा लकडाउन र नाका सिल गर्न प्रस्ताव

काठमाडौँ । कोरोना संक्रमणले राजधानी आक्रान्त बनाइरहेको बेला प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चासो व्यक्त गरेको छ । नेपालमा कोरोनाको संक्रमण दिनदिनै बढ्दो छ । पछिल्लो समय दैनिक ४ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिन थालेको छ । २० हजारभन्दा कम व्यक्तिमा पीसीआर परीक्षण गर्दासमेत यति ठूलो संख्यामा कोरोना देखिएकोमा सांसदहरूले चिन्ता व्यक्त गरेका छन् ।

मुलुकभर देखिएको कोरोना संक्रमितको संख्याको लगभग ५० प्रतिशत काठमाडौं उपत्यकाका मात्रै रहेको छ । यसले पनि काठमाडौं उपत्यका कोरोना हटस्पट भएको भन्दै चिन्ता व्यक्त गरिँदै आएको छ । कोरोना संक्रमित बढ्दा त्यसमा पनि संक्रमणसहितका र गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्दै जाँदा उनीहरूले उपचारका लागि अस्पताल नपाइरहेका घटना सार्वजनिक भइरहेका छन् । कोरोना संक्रमणले गम्भीर अवस्थामा पुगेकालाई आवश्यक पर्ने आइसीयू र भेन्टिलेटरको उपलब्धता नहुँदा पनि अवस्था भयावह हुने आकलन गर्न थालिएको छ ।

एकातर्फ काठमाडौं कोरोनाको हटस्पट बन्दै गइरहेको र अर्कोतर्फ कोरोनाबाट संक्रमित भएर स्वास्थ्य अवस्था गम्भीर भएकाले भेन्टिलेटर र आइसीयू नपाउने अवस्था रहेकोप्रति प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चासो व्यक्त गरेको छ । समितिमा रहेका सांसदहरूले तत्काल काठमाडौं उपत्यकाको संक्रमण फैलिनबाट रोकथाम नगर्ने हो भने अवस्था झन् भयावह हुने बताएका छन् । उपत्काबाहिर नियन्त्रणउन्मुख रहेको कोरोना काठमाडौंका कारण बल्झिने पनि सांसदहरूको भनाइ छ । त्यसैले, काठमाडौंको कोरोना नियन्त्रण र रोकथामका लागि कडा खालको लकडाउन र काठमाडौं उपत्यका प्रवेश गर्ने नाका पूर्णरूपमा सील गर्नुपर्ने सांसदहरूले सुझाएका छन् ।

शिक्षा तथा स्वास्थ्य समितिले मुलुकभर कोभिडको रोकथाम र उपचारमा कस्तो काम भइरहेको छ भनेर अनुगमन र निरीक्षण गर्ने उपसमितिका संयोजक जीवनराम श्रेष्ठले काठमाडौं उपत्यका प्रवेश गर्ने नाका पूर्णरूपमा बन्द गर्नुपर्ने सुझाव दिएका छन् । सुरुमा गरिएको जस्तो लकडाउनले भने अब कोरोना नियन्त्रणमा सहयोग नगर्ने श्रेष्ठको भनाइ थियो । काठमाडौंको कोरोना संक्रमित बाहिरी जिल्ला गएर त्यहाँ संक्रमण फैलाएमा मुलुकले थेग्न नसक्ने उनको आकलन थियो । कांग्रेस सांसद उमेश श्रेष्ठले भने २० देखि २५ दिन जति कडा लकडाउन लगाउनुपर्ने सुझाव दिएका थिए ।

हालैमात्र कोरोना संक्रमणबाट मुक्त भएका उनले भीडभाड हुने ठाउँका सेवालाई तत्काल बन्द गर्नुपर्ने सुझाए । सांसद विद्या भट्टराईले राजनीतिक दलहरूले सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने धारणा राखिन् । कोरोना फैलिइरहेको अवस्थामा पनि राजनीतिक दलहरूले ठूल्ठूला कार्यक्रम गरिरहेकोमा उनको आपत्ति थियो । कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको अवस्थामा सरकारले रोकथामको क्षमता पनि बढाउनुपर्ने सांसद नमिता चौधरीले बताइन् ।

कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने सामग्री खरिदमा प्रदेश र स्थानीय सरकारले सार्वजनिक खरिद ऐन बाधक भएको गुनासो गरेको भन्दै समिति सभापति जयपुरी घर्तीले संघीय सरकारले उक्त ऐनमा रहेका बाधा फुकाउन अध्यादेश ल्याउनुपर्ने वा बाधा अड्काउ फुकाउको अधिकार प्रयोग गरेर सहज वातावरण बनाउनुपर्ने धारणा राखिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले भने सरकारले आफ्नो क्षमताले सकेको काम गरिरहेको बताए ।


सम्बन्धित समाचार

रामेश्वर थापा प्रम र देउवाका परमेश्वर

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल