Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपसभामुखमाथि घुम्दैछ अनुसन्धानको सुई

काठमाडौं । उपसभामुख बन्नुभन्दा पहिल्यै इन्दिरा राना मगरको संस्थामा पठाइएका बालबालिकाबारे प्रश्न उठेपछि प्रहरीले समेत चासो देखाएको छ । सत्तारुढ दलले काठमाडौंस्थित अमेरिकी दूतावासलाई भिसाको मिति माग्दै पत्र लेखेको विषयलाई लिएर उपसभामुख रानालाई हटाउने तयारी गरिरहेका बेला सार्वजनिक भएको विषयमा प्रहरीले चासो राखेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी चन्द्रकुवेर खापुङले उपसभामुख मगरको संस्था जोडिएको विषयमा प्रश्न उठेपछि त्यसबारे बुझ्ने काम भएको बताए । सीआईबी मातहतको मानवबेचबिखन अनुसन्धान ब्यूरोले समेत यसबारे अध्ययन गर्न थालेको छ, उनले भनेका छन्, प्रश्न उठिसकेपछि के रहेछ भनेर जान्नलाई समेत बुझ्ने काम भइरहेको हो । मानवबेचबिखन अनुसन्धान ब्यूरोका एसपी नरेन्द्र कुवँरले पनि आफूहरूले प्रारम्भिक रुपमा बुझ्ने काम थालेको बताउँदै भने, बच्चाहरू कहाँ छन् ? के भएको हो भन्ने विषयमा जानकारी संकलन गर्न थालिएको हो । २०७७ मा नेपाल बाल संगठनका एक अधिकारी बेलायती नागरिक डोना स्मिथलाई अवैधरुपमा बच्चा दिएको आरोपमा पक्राउ परेका थिए । त्यसपछि नेपाल बाल संगठन र बालमन्दिरमा भएका अनियमितताबारे छानबिन गर्न पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । त्यसको प्रतिवेदनमा उल्लेखित बयानमा बाल बाल संगठनको लामो समय नेतृत्व गरेकी रीता सिंह वैद्यले ‘इन्दिरा रानाको संस्थाले बाल संगठनलाई गाह्रो छ, मलाई अलिकति बच्चा दिनुस्, म राख्छु’ भनेको उल्लेख छ । समितिमा बालबालिकासम्बन्धी विज्ञतर्फबाट मिलन धरेल, विमला ज्ञवाली, गृहमन्त्रालयका सहसचिवस्तरीय प्रतिनिधि र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बालबालिका हेर्ने महाशाखा प्रमुख सदस्य सचिव थिए ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल