Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपेन्द्र यादवलाई सिकेको चुनौती

जनकपुरधाम । सत्ता गठबन्धन एक भएर निर्वाचनमा जाने तयारी गरिरहँदा जसपा अध्यक्ष उपेन्द्र यादवलाई भने त्यो गठबन्धनले पनि जोगाउन नसक्ने अप्ठ्यारो आइलागेको छ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने भएका छन् । अघिल्लो निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा लड्ने राउतले घोषणा गरेका हुन् । अध्यक्ष यादव यसपटक पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । डा. राउतले बिहीबार जनकपुरधाममा बसेको बैठकमा आफूलाई सप्तरी(२ बाट चुनावमा उभ्याउनेबारे छलफल भएको बताए । ‘त्यो छलफल अनुसार त्यहीं क्षेत्रबाट म चुनाव लड्नेछु’ डा. राउतले अनलाइनखबरसँग भने । सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचन घोषणापछि नेताहरू उम्मेदवारी घोषणा गर्न थालेका छन् । यो निर्वाचन क्षेत्रमा चार वटा पालिका छ । जसमध्ये दुई वटामा लोकतान्त्रिक समाजवादी (लोसपा), जसपा र कांग्रेस एकरएक पालिकामा निर्वाचित भएका छन् । सदरमुकाम राजविराज नगरपालिकामा जसपा, सिके राउतको घर भएको महादेवासहित छिन्नमस्ता गाउँपालिकामा लोसपा र तिलाठी(कोइलाडी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । राउतको घर भएको महादेवाको वडानम्बर(२ मा भने उनकै पार्टी जनमत विजयी भएको छ । जिल्लाभर जनमतले दुई पालिका हनुमाननगर र बलान बिहुल जितेको छ तर उनले चुनाव लड्ने घोषणा गरेका क्षेत्र नम्बर २ मा पर्दैनन् । स्थानीय तहको मतपरिणाम अनुसार जसपा र जनमत दुवै लोसपा र कांग्रेसभन्दा कमजोर छन् ।