Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपेन्द्रको चेतावनीले सत्तालाई संकट

काठमाडौं । सत्तारूढ दलले पाँचवटा अध्यादेश संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेका बेला जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बटमलाइन रहेको बताएको छ। आफ्नो अडान कार्यान्वयन नभई सत्तापक्षले अघि बढाउने कुनै पनि अध्यादेशको पक्षमा उभिन नसक्ने सो पार्टीका अध्यक्ष उपेन्द्र यादव बताउँछन्। माघ १८ गते संसदमा पेस भएका ६ वटा अध्यादेशमध्ये जसपा नेपालले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ मा आपत्ति जनाएको छ। जसपा नेपालकै साथ नपाएपछि सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने निर्णय गरिसकेको छ। सरकारलाई समर्थन गर्ने पाँच दलको फागुन ३ गते बसेको बैठकले भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेश पारित प्रक्रिया अघि बढाउने निर्णय लिएको थियो। तर, त्यसप्रति यादवले असहमति जनाए। आफ्नो माग कार्यान्वयन नभएकैले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित फागुन ३ मा बालुवाटारमा बसेको बैठकमा सहभागी नभएको जसपा नेपालकी सचेतक रेखा यादव बताउँछिन्। जबकि, अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले नै फोन गरेर बैठकमा बोलाएका थिए। यादव कामको सिलसिलामा गृह जिल्ला सप्तरीमा थिए। उनले बैठकमा दलका अन्य नेतालाई पठाउन सक्थे तर पठाएनन्। अहिले नै बाँकी पाँचवटा अध्यादेशमा पनि जसपा नेपालले साथ दिने सम्भावना नभएको उनी बताउँछिन्। सरकारलाई समर्थन गर्ने ६ वटै दलका नेतालाई विश्वासमा लिएर अध्यादेश स्वीकृत गर्ने पक्षमा उभ्याउने प्रयासमा रहेका प्रधानमन्त्री ओली बैठकमा जसपा नेपालका कोही पनि नेता नदेखेपछि चिन्तित भए। सबै अध्यादेश स्वीकृत गर्न निर्णायक रहेको, सरकारलाई समर्थन गरेको र आफूलाई विश्वासको मत दिएको दलका कोही नेता बालुवाटार नआएपछि बैठकबाटै प्रधानमन्त्री ओलीले उपेन्द्र यादवलाई फोन गरे। यादव कुनै हालतले मान्ने सम्भावना नदेखेपछि ओलीले बाँकी पाँचवटा अध्यादेश तत्काल पेश गरेर स्वीकृत गराउन सहयोग मागे। प्रधानमन्त्रीले यता आउनुस् बसेर छलफल गरौँला भनेर फोन राखे।


सम्बन्धित समाचार