Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उम्मेद्वारी दर्ताका ओली आज झापा जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा जाँदै छन्। झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि आज विहान १०ः२५ को जहाजबाट उनी भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ। पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनेछन्। यसैगरी ३ नं क्षेत्रका बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने कार्कीले बताए। क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ। क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिने कार्यक्रम तय भएको छ। आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमकमै भेटघाट गर्ने कार्कीले जानकारी दिए। अध्यक्ष ओली जेनजी आन्दोलनमा जलेको दमकस्थित निवासमासमेत पुग्ने कार्यक्रम रहेको छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल