Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक तोला सुन किन्दा एक लाखबाट खाजा खाने पैसा पनि फिर्ता आउने

काठमाडौं । सुनको मूल्य लगातार बढ्ने क्रममा आज पनि सुन बढेर लाखको हाराहारी पुग्न लागेको छ । पछिल्लो केही दिनदेखि उच्च रुपले बढेर नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यले बुधबार पनि ऐतिहासिक उचाई छोएको छ ।

साउन १४ गते बुधबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९८ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार पनि सुनको मूल्य ८०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य भने घटेको छ । यसदिन चाँदीको मूल्य २० रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँका कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।