Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक दिन १४ सयले महंगियो सुन

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको भाउ महंगिएको छ । कात्तिक २० गते, आइतबार सुन तोलामा नै एक हजार ४०० रुपैयाँले वृद्धि भएको छ । चाँदीको भाउ पनि आज प्रतितोला ५० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने सुनको भाउ तोलामा १०० रुपैयाँले गिरावट भएको थियो । सो दिन सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आइतबार चाँदीको मूल्य पनि महंगिएको छ । यस दिन चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला एक हजार २७५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन पनि चाँदीको मूल्य उकालो लागेको थियो । शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढ्दा प्रतितोला एक हजार २२५ रुपैयाँ पुगेको थियो ।