Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक वर्षमै गयो १७४ नेपालीको युएईमा ज्यान

दोहा । आर्थिक वर्ष २०७८–७९ मा रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका १७४ नेपाली कामदारको मृत्यु भएको छ । दुर्घटनालगायतका कारणले मृत्यु भएका १७४ जना नेपालीमध्ये १६७ जनाको शव स्वदेश पठाइएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । ७ जनाको युएईमै अन्तिम संस्कार गरिएको दूतावासले सार्वजनिक गरेको वार्षिक कार्य प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
दूतावासका अनुसार युएईमा मृत्यु तथा घाइते भएकाहरूले पाउने रकम ३२ लाख ७५ हजार ७६३ युएई दिराम (करिब ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ) क्षतिपूर्ति नेपालको कन्सुलर शाखामार्फत पीडित परिवारलाई पठाइएको छ । यसैगरी, दूतावासले आर्थिक वर्ष २०७८(७९ मा १४ हजार १७१ पासपोर्ट जारी गरेको र ७५० जनालाई नेपाल फर्किन आवश्यक पर्ने ट्राभल डकुमेन्ट दिइएको जनाएको छ ।
यस्तै दूतावासले १ हजार ७५६ वटा माग पत्र प्रमाणीकरण र ४७६ जनालाई भिसा जारी गरेको जनाएको छ । युएईमा विभिन्न काममा गरी करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।