Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक स्थानीय तहबाट अर्कोमा स्थानीय तहमा जान रोक

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउँदै गरेको लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा कडाइ गर्ने निर्णय गरेको हो । यसको लागि प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी काम गर्न निर्देशन दिएको छ । यस्तै सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङमा र्यापिड टेस्ट गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधी मन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।
उनले र्यापिड टेस्ट किटको परीक्षणबाट रिपोर्ट पोजेटिभ देखिए पुन पिसिआर टेस्ट गर्ने निर्णय भएको पनि जानकारी दिए । आजै थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सरकारले यस्तो निर्णय गरेको हो । मन्त्री खतिवडाले लकडाउन बढाउने विषयमा कुनै निर्णय भने नभएको जानकारी दिए । कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले यही चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ ।


सम्बन्धित समाचार