Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । जनता समाजवादी पार्टी जसपा नेपालमा एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई नौ बुँदे, वरिष्ठ नेता राजेन्द्र महतोलाई ६ बुँदे, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई ५–५ बुँदे स्पष्टीकरण सोधेका छन् ।
उनीहरुको व्यक्तिगत मेल तथा ह्वाट्स एपमा सो स्पष्टीकरण पत्र पठाइएको जसपा नेपालका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बताए । यादवले स्पष्टीकरण मागेपछि अध्यक्ष ठाकुरले पनि जवाफमा यादवलाई उल्टै सात बुँदे स्पष्टीकरण सोधेका छन् । दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोधपनि हालसम्म कसैले जवाफ भने दिएका छैनन् । ठाकुरलाई सोधिएको स्पष्टीकरण पत्रमा कार्यालय सचिव प्रकाश अधिकारीको हस्ताक्षर रहेको छ भने उपेन्द्र यादवलाई सोधिएको पत्रमा अध्यक्ष ठाकुरको हस्ताक्षर रहेको छ । अध्यक्ष ठाकुरलाई स्पष्टीकरण सोध्ने निर्णय जेठ ८ गते नै भएको थियो ।
पार्टीको विधान धारा ४९ बमोजिम अध्यक्ष ठाकुरलाई स्पष्टीकरण सोधिएको यादव पक्षले जनाएको छ । स्पष्टीकरण सोधिएको मितिदेखि ३ दिनभित्र चित्त बुझ्दो जवाफ नदिए विधान अनुसार कारवाही गर्ने पत्रमा उल्लेख छ । महन्थ ठाकुरले पनि पार्टी विधानको दफा ४९ बमोजिम नै स्पष्टीकरण सोधेका छन्
२०८१ पुष २५
ताजा नेपाल
२०८१ पुष २५
ताजा नेपाल
२०८१ पुष २५
ताजा नेपाल