Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकीकृत संगठनले ल्याउला त लहर

काठमाडौं । अहंकार र दम्बले भत्केको कम्युनिष्ट संरचना निर्माण गर्दै मुलुकलाई समाजवादी धारमा लैजाने घोषणा गरेको नेकपाले काँग्रेस र एमालेका बौद्धिक र विश्लेषक मतदाता तान्ने भएको छ । समयमा पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै निर्वाचनको अभियानमा लागेको नेकपाले हिजोका आधरइलाका सहज रुपमा लिँदै काँग्रेस एमाले उम्मेदवारले धोका दिएका जनतालाई समेत प्रभाव पार्ने अवस्था बन्दैछ ।
जनतामा एमाले नेतृत्वको छुद्रता र काँग्रेसको लुटाहा समू्हबाट हैरान भएका जनसमहूलाई नेकपाको नेतृत्वले विश्वास दिलाउने अपेक्षा गरिँदैछ । अध्यक्ष प्रचण्ड वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अर्का नेता देवेन्द्र पौडेल आफ्ना गृहजिल्लामा उम्मेदवार छैनन् । संविधानले दिएको छूटले मतदाता सूचिमा नाम भएका जो सुकै उम्मेदवार बन्न लायक नेपालीले १६५ निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न सक्नेछन् । तर मन परेन भने विरोधीले टुरिष्टको संज्ञा दिए पनि कुनै पनि दलको राष्ट्रिय स्तरको नेताले जनतासँग जुनसुकै जिल्ला र क्षेत्रबाट चुनाव लड्ने हिम्मत गर्नुपर्छ । नेकपा ३ नेताले त्यो देखाएका हुन् । काँग्रेस, एमाले र रास्वपाभित्र समानुपातिक सूचि र प्रत्यक्ष उम्मेदवारको नाउ छनोटमा चर्को आलोचना व्यहोरेका छन् । हामी जान्ने भन्ने रास्वपाका सभापति रवि लामिछानेले गल्ती गरेकै छैन् भन्दै अदालतले तोकेको हर्जना दामाशहीले तिर्न राजी भएर जेलबाट मुक्त भए पनि सम्पत्ति शुद्धिकरणको झ्याङ्लो सरकारले हटाउन खोजे पनि अदालतले अस्वीकार गर्दा रन्थनिएका छन् । रविका बारेमा संसदमा नेकपा संयोजक प्रचण्डले जसरी बोले त्यसको ख्याल नगरी रास्वपाले दरिद्रता देखाएको छ । समयमा निर्वाचन प्रतिबद्धता जारी गर्न नसक्ने पार्टीले जनताको मत बटुल्ने गरी कुनै काम गरेको छैन । रवि गृहमन्त्री छँदा भ्रष्टाचारका फाइल कति खोतले ? रास्वपाले हाँकेको शिक्षा बाहेक कुन मन्त्री र मन्त्रालयले जनतालाई प्रभाव पार्ने काम गरे ? खोज्दा मतदाताले भेट्दैन । पेशाले इञ्जिनियर एवं गायक बालेन शाहले काठमाडौं महानगरपालिकाको नेतृत्व गर्दा काठमाडौंवासीले के सुविधा पाए जनतालाई राम्रै थाहा छ । बालेन रास्वपामा जाँदैनथे भने त्यसको प्रतिष्ठा खस्केको थियो । जेनजी आन्दोलनबाट जेलबाट निस्केका रवि कानुन मान्ने घोषणा गर्दै जेल फर्केर आफूमाथि लागेको धब्बा घटाएका हुन् । काँग्रेस र एमालेसँग रिसाएको स्वार्थ समूह नै रास्वपाको धरातल हो । त्यो पार्टीको दर्शन के हो ? सिद्धान्त के हो ? कार्यक्रम र नीति के हो सबै अन्योलमै छ । तर जनतामा घण्टीको लहर आयो भन्ने हुइम फैलाइएको छ । रवि आफैं विवादित छन् । जसले नागरिकता, पासपोर्ट जस्ता विषयमा राज्यले छानविन गरेर गल्ती औंल्याउन बाध्य बनायो ।
कुनै दलको धरातल बलियो बनाउने जिल्ला, नगर, गाउँमा संगठन भएको हुनुपर्छ । त्यो पार्टीले स्थापनाकालमा प्रदेशकै बारेमा आफ्नो धारणा बनाउन सकेको थिएन । बालेन शाह कस्ता हुन् भन्ने कुरा सिंहदरबार जलाउने धम्कीनै काफी छ । उनको उम्मेदवारी जहाँ भयो त्यहाँ संविधान नमान्ने कानुन कुल्चने भ्रष्टाचारीका नयाक, माफिय, विचौलियाका पक्षपाती, राजस्वमाराका रुपमा परिचित एमाले अध्यक्ष केपी ओली पनि उम्मेदवार छन् । ओली भक्तपुर २ बालकोटका मतदाता हुन् । झापामा ओलीले जे भन्छन् त्यो अवस्था आज छैन । नेकपा एमाले जनतालाई दाश, कार्यकर्तालाई नोकर बनाएर राज गर्ने पार्टी हो भन्ने देखाइएको छ । नेकपाले ओलीको दम्ब र घमण्डको भण्डाफोर गर्न सकेको छैन । नेकपा बन्दा पनि ओलीकै दबावले पार्टी टुक्रा टुक्रा भयो । पार्टीका पुराना नेता ओलीसँग छैनन् । जेनजी पुस्ताप्रति असहिष्णु ओली गुटभित्र पनि २ धार छ । ओली आफू संटकमा पर्दा आफैंले दुत्कारेका प्रचण्ड र माधवलाई गुहार्न पुगे । नेकपाले टेरेन त्यसपछि कुरा चर्का स्थानीय तहको उम्मेदवारी दिँदा वडामै जमानत जफत भएका नेत्रविक्रम चन्दको शरणमा पुगेका हुन् । ओली पथले प्रचण्डलाई घुक्र्याएर प्रलोपा बनाउन असफल राजनीतिज्ञ डा. बाबुराम भट्टराईसँग मिलेर पराजय स्वीकारेका जनार्दन शर्मासँग टाँसिएको छ । नेकपाका झ्याकुटहरू पार्टीबाट जति बाहिरिएको राम्रै हो । कुचोले बढार्नु पर्ने फोहोर हावाले उडाए जस्तो नेकपालाई भएको छ । तर पार्टीका नेताहरू लिलामणि पोखरेल, वामदेव गौतमको खोजी देशभर हुन थालेको छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल