Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकै परिवारको ३ जना रुखमा झुण्डिएको फेला

काठमाडौं । प्युठानमा एकै परिवारका तीन सदस्य रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्युठान नगरपालिका–२ चितीखोला बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार रातामाटाको जंगलमा मृत फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय प्युठानका इन्सपेक्टर देवीप्रसाद गैरेका अनुसार उनीहरुको शव सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । ‘घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पठाएर अनुसन्धान कार्य भइरहेको छ,’ उनले भने । प्रहरीका अनुसार उनका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको जानकारी स्थानीयले दिएका छन् ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल