Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एडिबीको ऋण जनतालाई भार

काठमाडौं । मेलम्चीमा पार्टी अध्यक्ष प्रचण्डको प्रतिष्ठा जोडिन्छ । मेलम्ची एकको विवादले सुन्दरीजलदेखि उपत्यकाको पाइप विस्तार र फिटिङको ब्रम्हलुट छोपिएको छ । महंगो भुक्तानी गर्ने पाइप मुसाले टोक्दा प्वाल पर्ने जडान गर्ने तिरेश खत्रीको स्वच्छता हो । खानेपानी मन्त्रालयको सहसचिव स्तरको कर्मचारीले एडिबीको ऋणमा पार्टीकै बदनाम हुँदा पार्टी नेतृत्व र मन्त्री किन मौन बस्छन् शंका यहाँ छ । अहिले मेलम्चीमा मुल दोषी सूर्यराज कँडेल, तिरेश खत्री र महेश भट्टराई हुन् । घनश्याम भट्टराई यीनका संरक्षक यी प्रमका सल्लाहकार विष्णु रिमालका नातेदार हुन् । यिनको कुरा एडिबीको नेपालस्थित सचिवालयले पत्याउने हो रु तर कामको गुणस्तर नहुँदा हरेक ठाउँमा मान्छेको ज्यान कै खतरा छ । गलानीकर्ता एडिबीले त्यो हेरेको खै रु बालाजुमा शनिबार घटेको घटना त नमूना मात्र हो । अहिलेको लुटले मेलम्चीका पाइप १० वर्ष टिक्न कठिन छ । मेलम्ची आउन नदिन जसले खेलो फड्को गरेको छ त्यही पात्र बोकेर मन्त्री बिना मगर कसरी सफल हुन्छिन् ।

२८ वर्षमा २६ सरकार बने नेपालमा तर मेलम्ची आएन । खानेपानी मन्त्री बिना मगर अजय सुमार्गीको रसुवास्थित पानी कम्पनीको निरीक्षण गर्दै त्यहाँको पानी विदेश निर्यात गर्न सघाउँछु भन्छिन् । उनै मन्त्री भएपछि थला परेको मेलम्ची राजधानीवासीको लागि काल बन्दैछ । मेलम्ची १ को लुटले मेलम्ची २ भित्रको अपराध लुकेको छ । सरकारमा जो छ उसले राष्ट्रिय गौरवको आयोजनामा लुटेको छ । ९६ प्रतिशत काम सम्पन्न भए पनि सरकारले खर्चमा कन्जुस्याई गरेको छैन । इटालियन कम्पनी सिएमसीले बैंक धरौटी राखेकै रकमले उसले तिर्नु पर्ने पैसा पुग्छ । तर सरकारको ध्यान त्यता छैन । मन्त्री बिना मगर नेकपा अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन् । उनको असफलता अध्यक्ष दाहलासँग जोडिन्छ । तैपनि मन्त्रीलाई कामको सहजता बारे चासो छैन ।

बरु अजय सुमार्गीको ब्यापारतर्फ चासो छ । यो गौरवको आयोजना भन्ने समयमा सम्पन्न गर्ने बाटो बन्द गर्ने प्रवृत्ति कम्युनिष्ट पार्टीमा देखिनु जनमत घट्नु हो । लगानी जति ग¥यो आधा परामर्श दाता र विज्ञ समूहको नाममा उतै लग्यो एसियाली विकास बैंकको भ्रष्टाचार हो यो । बैंकले मेलम्चीका लागि गरेको लगानीबाट राजधानीबासीको समस्या टर्ने थिएन । तर प्रत्येक सरकारका प्रधानमन्त्रीदेखि विभागीय मन्त्री आयोजनालाई जति सक्यो लुछेर समय लम्ब्याउन व्यस्त रहे । गलत आचरणका प्रशासकहरूको सुझाव सुनेर बोल्न थालेकाले अनुभव विनाकी मन्त्री बिना मगर विवादमा परिन् ।

एडिबीको ऋण भार बन्दै
मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो । त्यी कारण सरकारले आफ्ना कार्यपत्रमा त्यसैलाई देखाउँछ । यस्तो आयोजना सबै अलपत्र छन् । पार्टी बदनाम हुँदैछ । तर त्यसको प्राविधिक पाटोको बारेमा ध्यान दिँदैन । प्रधानमन्त्री ओली त्यही जालोमा फसेका छन् । जसले उनलाई नेकपाको भन्दा वादशाहका रुपमा प्रस्तुत गर्दछ । जुनसुकै कुरा धेरै भएपछि अपच हुन्छ । प्रधानमन्त्रीको समृद्धि र विकासको भाषणले मूर्त रुप लिन सकेको छैन । मेलम्ची अझै आउँदैन । प्रचार गर्ने कामको धरातललाई ख्याल नगर्ने हो भने एडिबीको ऋण जनतालाई भार बन्न सक्छ । किनकि त्यसको सहयोगले जनतालाई ऋण थप्छ, कल्याण गर्दैन ।

प्रमकै साथरी लुटाहा
३१ वर्षदेखि जनताको सपना बनेको मेलम्चीलाई भ्रष्टहरूले दुहुनो गाई बनाएकै छन् । प्रधानमन्त्रीले मेलम्चीमा कार्यकारी निर्देशक बनेर लुट मच्चाएका घनश्याम भट्टराईलाई के आधारमा विज्ञको रुपमा राखे रु भट्टराई र तत्कालिन सचिव गजेन्द्र ठाकुरले इटालियन ठेकेदार भगाएका हुन् । विभागीय मन्त्री विना मगरलाई मेलम्ची दशैंमा आउँछ, वैशाखमा आउँछ भन्दै बोल्न लगाउने भट्टराई र ठाकुर हुन् । एडिबी भनेकै लुटेराहरूको समूह हो । यसले चुस्छ, लैजान्छ । काम नभए पनि बजेट ओइरिएकै छ । पिआईडीका लुटाहा तिरेश खत्रीको लुट छोपियो केयुकेयलका महेश भट्टराईको असफल कार्यकाल लुक्यो । यिनीहरूलाई एडिबीले रुचाउनुको कारण ब्रम्हलुट मच्चाउने गरी काम पछाडि धकेल्नु हो ।

मेलम्चीमा ९६ प्रतिशत काम सकिएको बताउने यिनै फटाहाहरू हुन् । जो प्रम ओलीद्वारा संरक्षित छन् । रु २ अर्ब ५० करोड लागत लाग्ने भनिएको मेलम्ची भ्रष्टाचारको नमूनाका रुपमा परिचित एडिबीको ऋण प्राप्त महंगो नेपाल डु्बाउने योजना हो । सरकार पैसा छुट्याउँछ त्यहाँभित्रको लुटप्रति चासो दिँदैन । मेलम्चीको जताततै भद्रगोल छाडेर घुस्याहाहरू याङ्री र लार्केतिर ताक्दैछन् । जसका लागि ३ अर्ब बजेट छुट्याइएको छ । सरकारबाट पानीको लिटर मापन गर्ने राजधानीलाई अझै मरुभूमि बनाउने काम भइरहेको छ । यो सत्य नेकपाको नेतृत्वलाई सबै थाहा छ । एडिबीको ऋणमा मेलम्ची शुरु हुँदा परामर्शदाता नियुक्तिमा रु ६ करोड घुस खाने चिरञ्जीवी वाग्ले जेल परे र छुटीसके ।

सुरुङ खन्दै गर्दा चिनियाँ कम्पनी सिसिआरसीलाई कमिनशन नमिल्दा पहिला खेदियो । त्यहाँ पनि मुक्तानीकै कुरा थियो । सन् २०१३ जुलाई १५ मा इटालियन ठेकेदार सिएमसी भित्रियो । उसले रु ७ अर्ब ७२ करोडमा चिनियाँ कम्पनीले छाडेको काम जिम्मा लिएको थियो । यो कम्पनीलाई सम्झौताभन्दा बढी रकम भुक्तानी दिने घनश्याम भट्टराई हुन् । तिनै भट्टराई प्रम केपी ओलीको नजरमा कसरी शुद्ध भए

एडिबीले रु २७ अर्ब ७६ करोड ऋण मेलम्चीलाई दिएको हो । सुुरुङको काम सिएमसीले सक्यो । फिनिसिङ बाँकी छँदा उसलाई लखेटियो । २ अर्ब ९ करोड सिएमसीको जफत रकमबाट मेलम्ची बन्ने स्थिति हुँदाहुँदै खेलो फड्को गरिँदैछ । सिएमसीले ८० करोड भुक्तानी पेटी ठेकेदारलाई गर्न बाँकी छ । तिनले पैसा पाएका छैनन् । सिएमसीले १ अर्ब ६५ करोड तिर्न बाँकी रहेको ठूलो कम्पनीको हो । सिएमसीले तिर्ने र उसको बैंक धरौटी जफत रकम बराबर हुन आउँछ । त्यही रकम दिन पनि घनश्याम भट्टराई जस्ता माफियाहरूले गोलमाल गरिदिँदा टुक्रे ठेकेदारले काम गर्न नदिएका हुन् । कतै राजधानीवासीलाई झुक्याएर मस्ती गर्न सरकार लागेको त छैन ।


सम्बन्धित समाचार