Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनएमबी बैंकको पुतलीसडक शाखामा ई पेमेन्ट हबको उद्घाटन

काठमाण्डौ । एनएमबी बैंकको पुतलीसडक शाखामा एनएमबी ईपेमेन्ट हबको उद्घाटन गरिएकोे छ।
यस हबको प्रयोग गरी ग्राहकहरूले भिसा शुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पीटीई, एसएटी, यूएसएमएलई, फ्लाइवेयर, स्विफ्ट, जीआरई, एसीसीए जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्नेछन्।
एनएमबी इपेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झट मुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै, उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बैंकले जानकारी दिएको छ।
द फाइनान्सियल टाइम्स, लन्डनको ‘द बैंकर म्यागजिन’ ले एनएमबी बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मानित गरेको छ।
बैंकले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको छ। एनएमबी बैंक हाल २०१ शाखा, १४९ एटीएम र १२ एक्सटेन्सन काउन्टर मार्फत सेवाहरू प्रदान गर्दै आइरहेको छ।