Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनएमबी बैंकले जलविद्युत आयोजनामा एक अर्ब लगानी गर्ने

काठमाडौं । एनएमबी बैंकले लम्जुङ्गको चेपे खोला साना जलविद्युत आयोजनामा एक अर्ब १२ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ । आशुतोष इनर्जी प्रालिद्धारा प्रवद्र्धित लम्जुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा अवस्थित ८।६३ मेगावाटको उक्त आयोजनामा बैंकले सो मात्राको लगानी गर्न बुधबार एक सम्झौता गरेको छ ।

८.६३ मेगावाट क्षमता भएको चेपे खोला साना जलविद्युत आयोजनाको कुल लागत एक अर्ब ५० करोड रुपैयाँ रहनेछ । जसमध्ये बैकको लगानी कुल एक अर्ब १२ करोड ५० लाख रुपैयाँ हुनेछ । यससँगै एनएमबि बैकको कुल ४० वटा जलविद्युत आयोजनाहरुमा लगानी हुनेछ ।

चेपे खोला साना जलविद्युत आयोजनामा जलविद्युत क्षेत्रका अनुभवी प्रवद्र्घकहरु तथा स्थानीय बासिन्दाहरुको लगानीमा निर्माण हँुदैछ । व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति आगामी २०७८ फागुन ९ गते भएतापनि कम्पनीले ४ महिना अगावै व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । विद्युत गृहबाट उत्पादित विद्युत लमजुङ्ग जिल्लामा अवस्थित किर्तिपुर सब स्टेशनमा जडान गरिनेछ ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल