Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनसीसी बैंकले ६ महिनामा कमायो ६१ करोड मुनाफा

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकले खुद नाफा सामान्य घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ६१ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा १८.८२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७५ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
दोस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा ४४ करोड ६६ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घटेको हो । दोस्रो त्रैमासमा बैंकले एक अर्ब ४४ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा १३.२८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब ६६ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस्तै बैंकको सञ्चालन मुनाफा पनि घटेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा १९।२० प्रतिशतले घटेर ८५ करोड ६० लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५ करोड ९३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । बैंकको निक्षेप संकलन भने ७२ अर्ब ८१ करोड रुपैयाँबाट ९७ अर्ब ९५ करोड रुपैयाँ र कर्जा लगानी ६५ अर्ब २ करोड रुपैयाँबाट बढेर ७७ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको खराब कर्जा भने केहि घटेको छ । बैंकको खराब कर्जा अनुपात २.८२ प्रतिशतबाट घटेर २।४२ प्रतिशतमा झरेको छ । चुक्ता पूँजी ९ अर्ब ३५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ६ करोड र रिटेन्ड अर्निङ्ग १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।
बैंकको नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १७ पैसाबाट घटेर १३ रुपैयाा १३ पैसा झरेको छ । यस्तै प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३८ पैसा र मूल्य आम्दानी अनुपात २५।२९ गुणा रहेको छ ।