Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
युरो २०२४ को दोस्रो क्वाटरफाइनलमा फ्रान्सले पोर्चुगलको आज राति सामना गर्दैछ र यो अर्को हेर्नैपर्ने खालको खेल हुनेछ । फेरि यो फ्रान्सका केयलिन एमबाप्पे र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो बीचको सनसनीपूर्ण भेट पनि हुनेछ । यससँग जोडिएका तथ्यांक यस प्रकार छन् ।
यो खेल हुनेछ, उपाधिका दुई प्रत्यासीको । तर अहिलेसम्म दुवै टिमले आफ्नो प्रतिष्ठा र अपेक्षा अनुसार खेल्न सकेका छैनन् ।
पोर्चुगलले पछिल्ला आफ्ना दुई खेलमा गोल गर्न सकेको छैन । फ्रान्सले भने यस प्रतियोगितामा ओपन प्लेबाट एकै गोल पनि गरेको छैन ।
फ्रान्सले यसपल्ट जम्मा एकै गोल मात्र खाएको छ ।
रोनाल्डोले यस खेलमा गोल गर्न सके, यो युरोको इतिहासमै सबैभन्दा बढी उमेरका खेलाडीको गोल हुनेछ ।
नाकको चोटका कारण एमबापेले यस खेलमा पनि मास्क लगाएर खेल्नेछन् ।
सन् २००६ को विश्वकप सेमिफाइनल एकआपसमा भिडेको १८ वर्षपछि ठ्याक्कै त्यही दिन यी दुई टिम भिड्दै छन् । यस खेलमा फ्रान्स विजयी रहेको थियो र पोर्चुगलका लागि रोनाल्डोले पनि खेलेका थिए ।
यो खेललाई धेरैले एमबापेविरुद्ध रोनाल्डोको रूपमा हेर्न चाहेका छन् । एमबापेले ४८ गोल गरिसकेका छन् भने रोनाल्डोको नाममा १ सय २० गोल छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल