Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । फ्रान्सेली फुटबल स्टार किलियन एमबाप्पे आफ्नो फुटबल क्लबको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । एमबाप्पे पेरिस सेन्ट जर्मेन फुटबल क्लबबाट खेलिरहेका छन् । शनिबार नान्टेसविरुद्धको खेलमा २४ वर्षीय एमबाप्पेले अन्तिम मिनेटमा गोल गरेका थिए । क्लबका लागि सबै प्रतियोगितामा एमबाप्पेको यो २०१ औं गोल थियो। यो गोलसँगै एमबाप्पेले पूर्व स्ट्राइकर एडिन्सन काभानीको कीर्तिमान पनि तोडे । मोनाको क्लबबाट खेल्ने एमबाप्पे सन् २०१७ देखि पीएसजीबाट खेल्दै आएका छन् । पीएसजीले उनलाई मोनाकोबाट लोनमा लिएको हो । पीएसजीमा आबद्ध भएदेखि एमबाप्पेले यस क्लबलाई चार पटक फ्रेन्च लिगको उपाधि जिताएका छन् । यद्यपि यो क्लबले अहिलेसम्म युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल