Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसी देउवा र प्रचण्डले चाहेर पनि पारित हुन सक्दैन

  • अर्जुन ज्ञवाली

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल भ्रमणमा आएको दुई महिना पुग्दा नपुग्दै दक्षिण एसिया तथा मध्यएसिया मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । नेपालको इतिहासमा सिक्किम नेशनल काँग्रेस खडा गरेर स्वतन्त्र मुलुक सिक्किमको अस्तित्व मेटाएजस्तै बनारसमा राष्ट्रघाती नेपाली काँग्रेस खडा गरेर नेपालको अस्तित्व मटियामेट गराउने काँग्रेस र त्यसमा पनि विशेष गरेर वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ सालपछि हरेक राष्ट्रघातको अगुवाई गर्दै आइरहेका पात्र हुन् । प्रधानमन्त्री देउवा केबल आरजु राणाका पश्चिमी मिशनका डमी पात्र मात्रै हुन् । उनको न आफ्नो कुनै अस्तित्व छ नत विचार छ ।

वि.सं. २०१८ सालमा भित्रिएको पिस्कोरको नाममा अमेरिकी जासुसी संस्था सिआइएको काम गरेकी जुलिया चाङ ब्लकले नै शेरबहादुर देउवाको मिशनरी विवाह गराइदिएकी थिइन् । स्मरणरहोस्, जुलिया चाङ ब्लक वि.सं. २०३३ सालमा पाल्पा जिल्लाको रम्भापानी माविमा स्वयंसेविका शिक्षक बनेर त्यहाँका मगरहरूलाई जातीय द्वन्द्वमा उचाल्न प्रयत्न गरेकी थिइन् । पछि उनी २०३६ सलमा रोल्पा पुगिन् । जहाँबाट पछि सिआइए र क्रिश्चियन मिशनरीले माओवादी हिंसा मच्चाउन शुरु गरे ।

तिनै जुलिया चाङ ब्लक २०४६ सालपछि नेपालमा अमेरिकाको तर्फबाट राजदूत बनेर आइन् । आफ्नै प्रयत्नमा आरजुको देउवासँग विवाह गराइदिइन् । यिनै देउवा प्रधानमन्त्री भएको समयमा तथाकथित इसाइ माओवादीले ४० सूत्रीय एजेन्डा संयुक्त जनमोर्चा नेपालको नामबाट पेश गर्ने रअ र क्रिश्चियनका एजेन्ट डा. बाबुराम भट्टराई थिए । स्मरण रहोस्, बाबुरामकी गुरुआमा यलिनरले यता बाबुरामलाई परिचालन गरेकी थिइन् । जुलिया चाङले पाल्पा र रोल्पामा काम गरे जस्तै यलिनरले गोरखाको अमरज्योति उच्च माविमा स्वय्रसेविकाको रुपमा क्रिश्चियन र सिआइएको काम गरेकी थिइन् । त्यही समयमा पुष्पकमल दाहाल प्रचण्ड अमेरिकी परियोजना राप्ति प्रोजेक्टमा काम गर्ने गर्दथे । यता, उपेन्द्र यादव मधेशी जनअधिकार फोरम युरोपियन एनजीओमा काम गर्दथे र पछि त्यही एनजीओलाई पार्टीको नाममा दर्ता गरे । अहिलेको गठबन्धन सरकार सिआइए र क्रिश्चियनका यिनै विजातीय तत्वहरूको गठबन्धन हो ।

दक्षिण कोरियाको युनिफिकेशन चर्चसँग सम्बद्ध माधव नेपाल त्यसै यो गठबन्धनमा पुगेका होइनन् । २०६१ सालमा पुष्पलाल प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वर्तमान भाकपा माक्र्सवादीका महासचिव सीताराम यचुरी प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा प्रतिष्ठानको अध्यक्ष भए र पनि माधव नेपाल अनुपस्थित थिए । यचुरीले उक्त कार्यक्रममा माधवकुमार नेपाल देशी विदेशी ग्य्रान्डडिजाइनमा मदन भण्डारीको हत्यामा सामेल भएको खुलासा गरेका थिए, यसको रकेर्ड छ ।

यो तथाकथित अग्रगामी भनिने गठबन्धन यिनै देशी विदेशी बहुराष्ट्रिय कम्पनीका अपराधीहरूको गठजोड हो । तथापि अहिलेसम्म एमसीसी माओवादीकै कारण रोकिएको हो । मुल रुपमा पछिल्लो चरणमा माओवादीको मुल नेतृत्वले आफूलाई केही न केही रुपमा सच्याउँदै लगेकै हो । तथापि माओवादीको ग्रासरुट भनेको क्रिश्चियन मेशिनरीहरूको अपराधीहरूको झुण्ड हो । यो अवस्थामा हुन लागेको अमेरिकी दक्षिण तथा मध्येएशिया मामिला सहायक विदेशमन्त्रीको नेपाल भ्रमणको उद्देश्य एमसीसी उपाध्यक्ष फातिमा सुमारको भ्रमणको मिशनअनुसार नै हो ।

एमसीसी पत्र प्रकरणले प्रचण्ड स्वयं आफ्नो पार्टीभित्र पनि एक्लिँदै जानेछन् । यदि देउवा र प्रचण्डले यस्तो पत्र पठाएका हुन् भने पनि त्यो पारित हुन सक्दैन । देउवाले हेक्का राख्दा हुन्छ यो ०५३ सालको महाकाली सन्धिको समय होइन । २०७८ साल हो । एमसीसी पारित गर्न खोज्नेहरू लासमात्रै होइन खरानी हुनेछन् । सबैलाई चेतना भया ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल