Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसीले बचाउला कि भत्काउला सत्ता समिकरण ?

काठमाडौं । भोलिबाट सत्ता समिकरण के होला भन्ने बहस शुरु भएको छ । भोलि संसदबाट एमसीसी पारित हुँदा र नहुँदाको अवस्थामा सत्ता समिकरण परिवर्तन हुने हल्ला पनि राजनीतिक वृत्तमा बढेको छ । एमसीसी पास हुँदाको अवस्थामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सत्तामा रहने नैतिक धरातल हुँदैन । पास नहुँदाको अवस्थामा पनि सत्ता समिकरण बच्ने अवस्था छैन । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन गराउन सक्रिय भएका छन् । उनी आफै शिर्ष नेताहरुलाई भेटिरहेका छन् । विश्वासपात्रहरुलाई खटाएर एमसीसीका लागि राजनीतिक लेनदेनको प्रयास गरिरहेका छन् ।
एमसीसीबाट देउवा ब्याक नहुने हो भने अनुमोदनका लागि कठोर निर्णय गर्नुपर्ने निश्चित भइसकेको छ । सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसी पारित नगर्ने निर्णय गरेर बसिसकेका छन् । यसकारण ओली ठूलो धर्मसंकटमा छन् । एमसीसीमा नेकपा एमाले अनिर्णित छ । उसले यसलाई बार्गेनिङको विषय बनाएको छ । देउवासँग सत्ताको आलोपालोलगायत विषयको प्रस्ताव ओलीले गरेको खुलिसकेको छ । तर, देउवा सत्ता छाड्न तयार छैनन् । उनका लागि एमसीसी पारित गर्नुपर्ने चुनौती पनि छ ।
अब देउवाले एमसीसी पारित गर्ने हो भने या त सत्ता गठबन्धनलाई मनाउनुपर्छ या ओलीको प्रस्ताव मान्नुपर्छ । ओली लचिलो हुने सम्भावना न्यून छ । देउवालाई अब एमसीसी रोज्ने कि प्रचण्ड भएको छ । योसँगै प्रचण्ड रोज्ने कि ओली ? भएको छ । एमसीसी पारित गर्न देउवा आक्रामक रुपमा बढेमा प्रचण्ड नभई ओली नै रोज्ने निश्चितप्रायः छ । तर, त्यो कदम पनि सजिलो छैन ।