Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसीले भिडन्त निम्त्यायो !

आखिर देउवा सरकार र एमालेको केपि मण्डली बिच मत भेद त्यसमा छैन जहाँ नेपाली जनताको हितभन्दा दलाल र विचौलियाहरुको स्वार्थ जोडिन्छ । कमिसन र घुसखोरीमा एकाकार भएका यी दुई पात्रहरु नेपाली जनताका पक्षमा लाग्दैनन् भन्ने कुरा उनीहरुकै गतिबिधिले छर्लङ्ग बनाउछ । अमेरिकी सहयोग परियोजना एमसीसी पारित गराउन देउवा र ओली एक ठाँउमा छन् ।

जुन सम्झौताले नेपालको राष्ट्र स्वाभिमान माथि प्रहार गर्दछ । त्यो परियोजनाबाट प्राप्त ५० अर्ब रुपैयाले गर्ने विकास र नेपालका राजस्वमाराहरुबाट उठ्नु पर्ने राजस्व उठाउने हो भने अरबौ छ । राष्ट्रिय समस्यामा दलीय एकता आवश्यक छ । तर एमाले र काँग्रेसले त्यो एकतालाई महत्व दिदैनन् । त्यही कारण एमसीसी जबरजस्त सदनमा पेश गर्ने हुन् कि भन्ने शंका राष्ट्रवाद शक्तिहरुलाई छ । त्यसैको लागि बानेश्वरमा भिडन्त भइरहेको छ ।

दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंगलबार संसद भवन घेराउ गरेको छ । एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपासहितका ६ दल र मोर्चा संगठनले संसद भवन घेराउ गरेको हो । सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार संसद बैठक बोलाइएकै समय पारेर संसद भवन घेराउ गरिएको हो । यस्तै ती दलले मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गरेको थियो भने २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेको थियो ।

संसद बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने चर्चाका बीच ६ दलीय मोर्चा तातेको हो । छ दलीय मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी० माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा संगठन रहेका छन् ।


सम्बन्धित समाचार