Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी रहने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दोस्रो दिनको बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ। बैठकको पहिलो दिन पार्टीको विधान संशोधन प्रस्तावमा ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। अब आज बाँकी सदस्यले आफ्नो विचार राख्ने छन्। बैठकमा हरेक सदस्यलाई बोल्न केवल ३ मिनेटको समय निर्धारण गरिएको छ। जारी एमाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गरेका छन्। अधिकांश केन्द्रीय सदस्यले सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत विधान संशोधन प्रस्तावका पक्षमा मत राखेका छन्। तर नेतृत्वको आलोचना गरे वा पूर्वराष्ट्रपति विद्या भण्डारीका पक्षमा खुलेर बोलेमा कारबाही हुने डरले धेरैजसो केन्द्रीय सदस्यले खुलेर धारणा राख्न सकेका छैनन्। सोमबार बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले १ घण्टा ४ मिनेट बोलेका थिए। उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटवार्ता, समसामयिक राजनीति र सरकारको एकवर्षे कार्यकालका विषयमा बताएका थिए।


सम्बन्धित समाचार