Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपामा

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष रास्वपामा प्रवेश गरेका छन्। रास्वपाका वरिष्ठ नेता बालेन शाहले युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङलाई पार्टीमा स्वागत गरेका हुन्। एमाले अध्यक्ष केपी ओलीसँग झापा ५ मा चुनावी मैदानमा उत्रिएका शाहले मतदातासँग भेटवार्ता अघि बढाएका छन्। अध्यक्ष खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने बताए। उनले झापा ५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। खतिवडाले आफ्नो मत परिवर्तनको पक्षमा मतदाता गर्न आह्वान गरेका छन्।


सम्बन्धित समाचार