Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विभाजनको रेखा कोरिएको नेकपाभित्रको रडाको अझै मिलिसकेको छैन । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक अघि नै माधव नेपाल पक्षले कुनै कडा कदम चाल्ला त ? चासोको विषय बनेको छ । आज ३ बजे बालुवाटारमा संसदीय दलको बैठक डाकिएको छ । संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठकमा जाने या नजाने निर्णय गर्न माधव नेपाल समूहको बैठक डाकिएको छ । ११ बजेका लागि बैठक डाकिएको हो । बैठकमा माधव नेपाल समूहका सांसदहरुले अबको कदमबारे छलफल गर्नेछन् । एमालेको नेपाल समूहभित्र राजीनामा दिएर भएपनि नयाँ ढंगले बढ्नुपर्ने या पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने दुईवटा धार छ । आजको बैठकले कुन धार पक्रेला चासो बनेको छ । आजको बैठकमा सहभागी हुने या नहुने नेपाल समूहका सांसदहरुको विहान बस्ने बैठकले तय गर्नेछ । आजको घटनाले एमालेभित्रको राजनीतिलाई पनि नयाँ मोड दिने बुझिएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल