Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बैठक केही बेरअघि एमाले केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो। बिहान ९ बजे नै बस्ने भनिएको एमाले सचिवालय बैठक ५० मिनेट ढिला गरी सुरु गरिएको हो। बैठकमा नजिकिँदै गरेको राष्ट्रिय सभा सदस्य निर्वाचनबारे छलफल हुने बताइएको छ। आउने माघ ११ गते राष्ट्रिय सभाका रिक्त पदका लागि निर्वाचन हुँदै छ। त्यसमा तालमेलका लागि एमालेले कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीलगायत दलसँग छलफल अघि बढाएको छ। गत आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सहकार्यका विषयमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये १८ वटाका लागि चुनाव गर्न लागिएको हो। एक सदस्य भने राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान छ। एमालेको जारी सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति, केन्द्रीय कमिटीका एजेन्डालगायत विषयमा पनि छलफल हुने पार्टी सचिव पद्मा अर्यालले जानकारी दिएकी छन्। साथै बैठकमा नेताहरूको कार्यविभाजनको विषयमा पनि छलफल हुने बताइएको छ।


सम्बन्धित समाचार