Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेका दश भाइलाई सुरक्षित ठाउँ भएन

काठमाडौं । धोकेबाज दशभाइको हरिबिजोग त्यहाँ हुँदैछ जहाँ पार्टी सिद्धान्त र विचार भनेको केपी बाका मुखारबिन्दले जे भट्याउँछ त्यही हो । पाँच दलीय गठबन्धन भत्कने स्थिति छैन । नेपाली काँग्रेस आफ्नो बलियो स्थिति कायम राख्दै १६५ सिटमा ८५ देखि ९० लिएर ७५÷८० सिटमा माओवादी, समाजवादी र जसपालई दिन राजी छ । गठबन्धन भित्रै लोसपालाई पनि ल्याउने दाउमा प्रम देरबहादुर छन् । तर लोसपासँग डा. बाबुरामलाई मिलाएर एमालेको ओली समूहलाई गठबन्धन बनाइ दिने दाउमा भारत छ । यही बेला एमालेका अन्तर्घाती खोज्ने काममा लागेका विष्णु पौडेल अध्यक्षको आदेश नपाएर अलमलमा छन् । एमालेको महानगरमा उपमेयरले चुनाव जित्ने मेयरले हार्ने कारण खोज्न विष्णु पौडेल, खगराज अधिकारी जस्ता भक्त खटेका छन् । तिनले सत्यतथ्य भन्दा पनि बाकै आदेश पालना गर्नुपर्छ । एमाले भनेकै बा माले बन्दैछ ।
गाली शिरोमणि उखाने काकाका दशभाइ धोवीहरूमध्ये सचिव योगेश भट्टराईलाई ओलीले च्यापे पनि निर्वाचनमा भने योगेशको ताप्लेजुङ सुक्षित भएन । उनलाई केपीले झापा झारेर रविन कोइरालासँग सिघौरी खेलाउँदैछन् । झापा १ रविन कोइरालाको सुरक्षित ठाउँ हो । उनी ओलीकै भक्त हुन् । आफ्नै जिल्ला असुरक्षित हुँदा गोकर्ण विष्ट गुल्मी, घनश्याम भुसाल रूपन्देही, भीम आचार्य सुनसरी, भीम रावल अछाम, अष्टलक्ष्मी शाक्य, काठमाडौं, सुरेन्द्र पाण्डे. चितवन, युवराज ज्ञवाली दाङ, रघु पन्त ललितपुरलाई अप्ठ्यारो छ । सत्ता गठबन्धनले काँग्रेसलाई तह लगाउन माओवादी र समाजवादीलाई मात्र मिलायो भने पनि एमालेलाई अप्ठ्यारो पर्छ । हिजो त्यो एमालेमा माधव पक्षले ५५ जना उम्मेदवार बनायो २४ जनाले जितेका हुन् । ओलीलाई खुशी बनाउन हिजो प्रचण्डको विरुद्ध कुर्लेका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहको समेत अब एमालेका गणना हुँद्यैन । एमाले बनेर नै खाइखेलेका जनताको बहुदलीय जनवाद भनेको सरकारमा जाँदा गुटगत भाइभारदारको निम्ति ठेक्कापट्टा व्यापार व्यवसाय चलाउने हो भन्ने मानसिकता बोकेकाहरूको माधव नेपाललाई धोका दिएर केपीको भजन गाउन कुदेको फल पाक्दैछ । समाजवादीमा थिए भने तिनले आफू निर्वाचित भएका ठाउँ नै पाउँथे । काग्रेसले दाबी त्यही ठाउँमा गर्ने छ जहाँ एमालेका दश भाई र माओवादीका चार भईले चुनावी क्षेत्र बनाएका थिए । चुनाव आउँदैछ । एमाले अध्यक्ष ओलीले हिजो आफू सत्तामा रहँदाको नीतिगत लुटले रु ६४ अर्ब रूपैयाँ कहाँ खर्च भयो भन्ने देख्दैनन् । उनको शासन र अहिलेको शासनमा अन्तर छैन । महालेखा प्रतिवेदन, ट्रन्सपरेन्सी प्रतिवेदनले नेपाल दक्षिण एपिसयाकै प्रथम भ्रष्ट मुलुक बन्दैछ । जबकि ०७४ सालको चुनावपछिको ४१ महिना ओली शासनको लुट थियो । अहिले ओलीले दुत्कारेका प्रचण्ड र माधवले असक्षम र भ्रष्ट भए पनि ओली भन्दा कम भ्रष्ट ठानेर काँग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका छन् । लुट्ने धन्दामा ओली आफैं अग्रसर भए, शेरबहादुर देउवाले श्रीमती र छोरालाई खटाए फरक यही हो । माओवादीका लागि काँग्रेस र एमालेमा फरक छैन । त्यसैले गठबन्धन एमालेसँग पवित्र काँग्रेससँग अपवित्र भन्ने होइन । चरित्रमा अहिले एमाले, काँग्रेस र माओवादीबीचमा फरक छैन । सिद्धान्त, विचार, नीति जस्ता कुरा यहाँ हेरिँदैन ।