Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेको अध्यक्ष बन्न ईश्वर पोखरेलको सपना मात्रै हुने भयो

एमालेका महासचिव ईश्वर पोखरेललाई पार्टीको भावी अध्यक्षको दाबेदारका रुपमा हेरिँदै आएको छ । केपी ओलीसँग प्रतिस्पर्धा नगरी सहमतिकै आधारमा नेतृत्व हस्तान्तर हुने पोखरेलको अपेक्षा देखिन्छ । तथापि आगामी महाधिवेशनमा केपी ओली आफैं अध्यक्ष बन्ने सम्भावना सकिएको छैन नेकपा एमालेमा कार्यकारी भूमिकाका लागि ७० वर्षे उमेर हदका कारण महासचिव ईश्वर पोखरेललाई धक्का लाग्ने देखिएको छ । आगामी महाधिवेशनमा ओली नै दोहोरिए भने पोखरेल कहिल्यै एमालेको अध्यक्ष बन्न पाउने छैनन् ।
किनभने, ६८ वर्षीय महासचिव पोखरेल ११ औं महाधिवेशनमा पुग्दा ७० वर्षे उमेर हदका कारण पार्टीको कार्यकारी भूमिकाका लागि अयोग्य भइसक्नेछन् ।
एमालेमा ७० वर्षे उमेर हद कायम राख्ने प्रस्तावित विधान पारित भएमा महासचिव पोखरेलका लागि पार्टीको नेतृत्वमा पुग्न १० औं महाधिवेशन नै अन्तिम अवसर हुनेछ । त्यसैले ७० वर्षे विधानको प्रावधान लागू भएमा पोखरेलले कार्यकारी भूमिका पाउन १० औं महाधिवेशनलाई नै अन्तिम अवसरका रुपमा प्रयोग गर्नुपर्ने हुन्छ ।
तर, अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा पनि अध्यक्ष पदमा दाबी गरेको अवस्थामा भने पोखरेलले पार्टीको नेतृत्वमा पुग्ने सपना त्याग्नुपर्ने देखिन्छ । अध्यक्ष ओली आगामी फागुनमा मात्र ७१ वर्ष लाग्ने भएकाले १० औं महाधिवेशनमा ७० वर्षे उमेर हद लागू भएको अवस्थामा समेत उनलाई प्रमुख कार्यकारी पदमा पुग्ने बाटो छेकिँदैन