Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेको द्वन्त बजानमा स्वार्थै स्वार्थ

पार्टीमा सिद्दान्तको लडाँइ छैन । राष्ट्रका समस्या समाधान गर्ने लडाँइ होइन । विश्व महामारी कोरोनाको नियन्त्रण तथा रोकथामका बारेमा चासो छैन । पार्टीलाई नियोजीत रुपमा विभाजन गराईएको तर्फ बहस र चिन्तन छैन । पार्टी अध्यक्ष केपि ओली नेकपाको सिद्दान्त नीति र विचारलाई लत्याएर श्री ३ बनेकोमा कसैलाई पनि चिन्ता छैन ।
एमाले राष्ट्र र जनताको पार्टी भन्नेहरु बितेको ४ वर्षमा एमाले लुटाहा, फटाहा, माफीया र तस्करहरुको मात्र होइन भ्रष्ट विदेशी दलाल र राष्ट्रघातमा अग्रणी पार्टीको रुपमा चिनाउन प्रधानमन्त्री केपि ओली सफल भएकोमा चिन्ता भएन । बरु यतिबेला नेताहरुलाई पावर चाहिएको छ । जनता भोकै पर्दा समेत राज्य रमाएर भूल्यो । माधवहरु ठाँउको खोजी गर्न थाले । भारतीय डिजाइनमा चलेका राष्ट्रवादी केपि ओलीको कार्यकालमा देशको विकास थेग्न नसक्ने गरि भएको दाबी गर्ने दरबारकी दाश मण्डलेकी नतर्की कमल ओली बर्बराएको समयमा माधव नेपालहरु बाँदर बनाईएका छन् ।
एमाले बिग्रेको सिआइएको पैसाले हो । माधव नेपाल महासचिव हुँदा खुलेका डलर भट्टीमा प्रदिप नेपाल, विष्णु रिमालहरु नाचेकै हुन् । शुशिल प्याकूरेल सुबोध प्याकुरेलहरुको इन्सेकको धन्दा द्वन्दमा चम्कन्छ । एमालेको द्वन्द भन्दा माओवादीको द्वन्द इन्सेकको निम्ति डलर झर्ने माध्यम बन्दछ । अहिले माधव समूहको भागवण्डाको सम्झौता सफल बनाउन भारतीय रअ र आरएसएस काठमाण्डौमा अड्डा जमाएर बसेकोमा चिन्ता कसैलाई छैन । दोस्रो तहका हनुमानहरुलाई त्यसको चासो छैन ।
सिद्दान्तको होइन, नीतिको छैन, विधिको भएन, प्रकृयामा गएन । एमाले जनतालाई एक वर्ष भर रत्यौली देखाउन पूर्ण सफल भयो । त्यो एमाले माधव र केपिको पुच्छर बनेर स्वार्थ पूरा गर्नेले गरेकै छन् । एमाको आन्तरिक लडाँइ राष्ट्रिय स्वार्थसँग जोडिएकै होइन । त्यस्तोमा पार्टी सत्ता र स्वार्थको पेरुङ्गो भिरेका जलारीहरुले कस्तो माछा जालमा पार्लन भन्नै परेन । केबल जेठ २, २०७५ अगाडि पुग्नका लागि यो रमिता गर्नु पर्ने थिएन । काँग्रेस माओवादी मधेसको एउटा हिस्सा लड्थ्यो । माधवलाई ओलीले राजदूत नियुक्तिमा केही सरकारी नियुक्तिमा कतै समिति र संस्थानको बोर्डमा पर्न र पार्न यो रमिता देखाईयो । प्रचण्ड अस्थिर छन् माधवबाट धोका हुदैन भन्ने जमदार र हल्दारहरुले ओलीसँग लिने सत्ता शेयरको जबजालाई पूरानै स्थानमा पुर्याउन कठिन छैन । तर निर्णायक दुवै तर्फका बार्ताकारहरु होइनन् ।
सबैलाई थाहा छ भारत देउवालाई सत्ता र प्रचण्डलाई शक्ति दिन रुचाउदैन । प्रचण्ड र देउवाले दलाली गरेर नेपालको राष्ट्रिय अस्मीता भारतलाई सुम्पने छैनन् । जसरी ओलीले सुम्पेका छन् । अर्बाै खर्च गरेर भित्र्याइएको रेल एक वर्षसम्म त्रिपाल ओडेर बसेकोमा ओलीका दलाल बनेर रेल्बे कम्पनीको महाप्रवन्धक बनाईएका गुरु भट्टराईहरु जय जयकार गर्दै ओलीको आची खान पछि नपर्लान् । किनकी भ्रष्टाचार वेथिति ओली सरकारको सम्वृद्दि बन्यो । कमिशन पाएको खण्डमा मोती दुगडहरुले विद्युत प्राधिकरणलाई तिर्नु पर्ने रु १२ अर्ब ओली र माधवको एमालेले उठाउन पर्दैन । बरु ५४ अर्बको एमसीसी भित्र्याउन भारतको साथ पाएको ओलीवादले अमेरिकी सेना नेपालमा भित्र्याउदा राष्ट्रवाद कति बाँच्छ ? त्यसको नालिबेली ओलीसँगै होला ।
एमाले विवाद समाधान कार्यदलको काम सिहंदरबारमा जम्मा हुने चिया खाने एक आपसमा मुस्कुराउने डुकुहरुको भेलाका रुपमा परिणत भयो भने पनि नौलो नमाने हुन्छ । केपि ओली सत्ता पनि नछाड्ने पार्टी अध्यक्षको नाममा गुटबन्दी गर्न पनि नपर्ने माधव नेपाल समान धारणा र वैचारिक एकता खोज्ने भएकाले दोस्रो तहका डुकु बैठकले निष्कर्ष निकाल्न नसकेको हो । किनकी असार २८ मा सर्वाेच्च अदालतले संसद विघटन सम्बन्धी मुद्दाको फैसला गरेपछि उनीहरुको लडाँइ सकिन्छ । ठूलो दलको नाताले सत्तामा ओली र माधव मध्ये एक जना पुग्छन् । विवाद समाधान भयो भनिन्छ ।