Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेले आज ‘नेसनल भोलेन्टियर फोर्स’ एनभीएफ घोषणा गर्दैछ। पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि यस्तो फोर्स घोषण गर्न लागिएको एमालेले जनाएको छ। शुक्रबार बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले बबरमहलस्थित कार्की व्यांक्वेटमा फोर्सको घोषणा गर्ने पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले जानकारी दिए। त्यसअघि माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म मार्चपास गर्ने तयारी छ। एमालेले समाजमा बढेको असुरक्षा, अशान्ती र भदौ २३ २४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको जनाएको छ। फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने जस्ता काम गर्ने एमालेले जनाएको छ। सुरक्षा संवेदनशिलता बढेका बेला राज्यले अध्यक्ष ओली लगायत नेताहरुका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि फोर्सको आवश्यकता बढेको एमाले नेताहरुले बताउने गरेका छन्। एनभीएफको प्रदेश र जिल्लागत संरचना पनि तत्काल बिस्तार गरिने ढकालले बताए। एनभीएफमा एकजना कमाण्डर र दुईजना साहायक कमाण्डरको व्यवस्था गरिएको छ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल