Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेले बोलायो सचिवालय बैठक, उम्मेदवारबारे निर्णय गरिने

नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंग्याउन फागुन २२ गते दिउँसो १ बजे पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।
एमालेका क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीले करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस गरिसकेका छन्।
हालसम्म कुनै पनि पार्टीसँग गठबन्धन नगरी सबै क्षेत्रमा एमालेले सूर्य चिन्हबाहक उम्मेदवार अघि बढाउने भएको छ।
२ काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार भोलि शनिबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको टुंग्याउन बैठक बोलाएको नेताहरूले बताएका छन् ।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।

जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिन्हबाहक उम्मेदवार अघि बढाउने भएको छ ।

यस अघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो ।

 


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल