Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेले विघटित प्रतिनिधि सभाका सांसदहरूको भेला बोलाएको छ

नेकपा एमाले संसदीय दलका तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले मंसिर २ गते दिउँसो १ बजे बस्नेगरी एमाले संसदीय दलको बैठक बोलाएको जानकारी गराएका छन् ।

मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले संसदीय दलको बैठक आयोजना गरिएको जानकारी गराउन चाहन्छु, बर्तौलाले भनेका छन् ।

नेकपा एमालेले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै पुनर्स्थापनाका लागि आन्दोलन गर्दै आएको छ । सोही अनुसार एमालेले कात्तिक २२ गते देशभरका वडा कार्यालय तथा कात्तिक २५ गते देशभरका गाउँपालिका तथा २९ गते जिल्ला सदरमुकाममा प्रदर्शन तथा भेला बोलाएको छ । काठमाडौँ उपत्यकामा मंसिर ६ गते विशाल प्रदर्शन गर्ने एमालेको तयारी छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा छ ।

प्रतिनिधि सभा पुनर्स्थापनाका लागि दबाब दिन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन पनि गरिरहेको छ । एमालेसँगै कांग्रेस पनि सांसदको हस्ताक्षर संकलनमा जुटेको छ । जेनजी विद्रोहपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको थियो ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल