Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेविरुद्ध सभामुख नाङ्गो षड्यन्त्रमा

सभामुखले एमालेविरुद्ध नाङ्गो षड्यन्त्र गरिरहेको आरोप उनले  लगाए । ‘एकजनाले उठेर अवरोध संसद् चल्न दिन्न भन्यो भने उहाँ (सभामुख) स्थगित गर्नुहुन्थ्यो,’ ओलीले भने,‘अहिले देशको ठुलो पार्टी, प्रमुख प्रतिपक्षले आफ्नो असन्तुष्टि जनाइरहेको छ । तर पनि उहाँ कार्यक्रम खुरुखुरु चलाउनुहुन्छ ।’उनले भने, ‘संसद्मा जनताका पक्षमा जारी गरिएको बजेट फेरबदल गरिन्छ । विकास निर्माणका कार्यक्रमहरू रद्द गरिन्छ । संसद् यसरी असफल भइरहेको छ ।’ उनले संसद्बाट नागरिकता विधेयक पारित नहुने र विगतको सरकारले ल्याएको अध्यादेशलाई पनि खारेज गर्ने गैरजिम्मवार काम भएको बताए । ओलीले नेतृत्व नै ठिक नहुँदा प्रभावकारी ढङ्गले संसद् अघि बढ्न नसकेको बताए ।  ‘राज्यका तीनवटै निकाय अशक्त भइसकेका छन् । र, त्यसको (संसद्) नेतृत्व अति विवादास्पद छ । विवादमा परेको अरू मान्छेले राजीनामा दिनुपर्छ भनेर उहाँहरू भन्नुहुन्छ । तर आफ्नै मान्छे सभामुख) निष्पक्ष त हुन सक्नुभएन । अरूको निष्कासनको पत्र ढोकैबाट तानेर टाँस्ने, एमालेको पत्र विचाराधीन राखेर एमालेविरुद्ध गतिविधि गर्न सजिलो बनाउने काममा त सभामुख संलग्न हुनुहुन्छ ।’