Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एलिसा भइन् मिस ईकलेज

 

सिजन मिडियाले राजधानीमा बुधवार आयोजना गरेको ‘मिस ईकलेज २०१९ मा ललितपुरको क्यारेबियन कलेजमा अध्ययनरत १९ वर्षीया एलिसा श्रेष्ठले शीर्ष ताज जितेकी छन् । उनले मल्टिमिडिया अवार्ड र भियोर्स च्वाइस अवार्ड पनि हात पार्न सफल भइन् । काठमाडौँको ह्वाइट हाउस इन्टरनेसनल कलेजमा अध्ययनरत प्रकृति शाहीले फष्ट रनरअपको ताजसहित मिस ट्यालेन्ट अवार्ड पनि हात पारिन् । त्यसै गरी सेकेण्ड रनरअपको ताज भने गोल्डेनगेट कलेजमा अध्ययनरत निष्ठा लम्सालले जित्न सफल भइन् । थर्ड रनरअप रुषा नापित भने मिस पर्सनालिटी र फोटोजेनिक अवार्ड पनि जित्न सफल भइन् । साथै फोर्थ रनरअप दीपा लिम्बूले वेष्ट स्किन अवार्ड पनि जित्न सफल भइन् । विधागततर्फ सुस्मिता बसेलले वेष्ट वाकको उपाधि हात पारिन् भने सीमा ढकालले मिस पपुलर र अर्गनाइजर च्वाइस जितिन् भने वेष्ट ड्रेस श्वेता ठकुरी त्यसै गरी कन्फिडेनस अवार्ड रेश्मा तामाङ, व्युटिफुल आइज एलिसा भुसाल, मिस पङ्चुवालिटी विमला तामाङ, करिसा श्रेष्ठले वेष्ट हेयरको उपाधि हात पारे ।
प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल एयर होस्टेस एकेडेमकी प्रशिक्षक गौरीकला थापा, जुम्वा तथा नृत्य प्रशिक्षक सोनाम केसी, मिस इकलेज २०१६ की विजेता नीतिका कर्माचार्य र माछापुच्छे« बैङ्कका मोहिनी प्रधान र फिल्म निर्देशक तथा सञ्चारकर्मी जनकदीप पराजुली र सिम्रिक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मिता खनाल रहेका थिए । प्रतियोगितामा विजेताले मिस इकलेज २०१९ का ताज र उपाधिसहित उपहारस्वरूप थाइल्यान्ड टुरको लागि हवाई टिकट प्राप्त गरिन् भने उक्त प्रतियोगितालाई प्रायोजन गर्ने कलेजहरूमा उच्च शिक्षा अध्ययनका लागि एक लाखबराबरको छात्रावृत्ति पनि हात पारिन् । साथै, उनले डाइस्टारको तर्फबाट टीभी उपहार पाइन् । यस कार्यक्रमलाई प्रायोजन गरेको नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट ३० हजारबराबरको एयर होस्टेज तालिमको अवसर पनि प्राप्त गरिन् । फस्ट रनरअप र सेकेन्ड रनरअपले भने डाइस्टारको तर्फबाट मिक्सचर, प्रेसर कुकरलगायत विभिन्न घरायसी समानहरू उपहार प्राप्त गरे ।