Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३।६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।
बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा एसईई एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।
कोभिड(१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् ।
शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।
एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।
एसईईमा ४१ हजार ६२७ जनाले ३।२० देखि ३।६०, ६९ हजार ९०० जनाले २।८० देखि ३।२० जीपीए र ९० हजार ७५८ जनाले २।४ देखि २।८० जीपीए ल्याएका छन् ।
सबैभन्दा धेरै एक लाख १२ हजार ७३३ जनाले २ देखि २।४ जीपीए ल्याएका छन् र एक लाख ५९४ जनाले १।६ देखि २ जीपीए ल्याएका छन् । १।२ देखि १।६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०।८० जीपीएदेखि १।२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ ।
२०८१ पुष १०
ताजा नेपाल
२०८१ पुष १०
ताजा नेपाल
२०८१ पुष १०
ताजा नेपाल