Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओमिक्रोनको जोखिम बढेको भन्दै विमानस्थलमा भीड नगर्न अपील

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलन सक्ने भन्दै त्रिभुवन विमानस्थल कार्यालयले भीडभाड नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । पछिल्लो समय विमानस्थलमा यात्रुको संख्या बढी रहेको र उनीहरुको बिदाई तथा स्वागतमा जानेहरुका कारण समेत भीडभाड बढेको भन्दै विमानस्थल कार्यालयले विमानस्थलमा अनावश्यक भीडभाड नगरिदिन आह्वान गरेको हो ।
विमानस्थलमा आउँदा÷जाँदा उच्च सतर्कतासहित स्वास्थ्य मापदण्डको पालना गर्न समेत कार्यालयले भनेको छ । पछिल्लो समय नयाँ भेरियन्ट ओमिक्रोनबाट अन्य मुलुकहरु बढी प्रभावित भएका छन् । विभिन्न मुलुकबाट आउने यात्रुका माध्यमबाट समेत यस्तो संक्रमणको जोखिम हुनसक्ने भन्दै प्रशासनले नयाँ भेरियन्टबाट आफू बच्न र अरुलाई पनि बचाउन आह्वान गरेको छ ।
विमानस्थलमा पूर्वाधार निर्माण तथा विस्तारको काम समेत जारी रहेका कारण स्थान अभावले बढी भीडभाड भएको विमानस्थल कार्यालयको सूचनामा उल्लेख छ ।