Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओम्नी र सेनाको फरक किन ?

सदाचार सिद्धान्त र आर्दशमा डडेलो लागेपछि देशको ढुकुटी सक्न राष्ट्रिय माहामारी मात्र आउनु पर्दैन । नितीगत भ्रष्टाचार बढी रहेको बेला कोरोना कहर नियन्त्रणका नाउमा राज्यको तर्फ बाट गरीएको खर्च आकासिनु नौलो होइन । स्वास्थ सेवा विभागले रु १५ मा खरीद गरेको सर्जिकल माक्स ओम्नी समुहले रु ३९ पैसा ९ मा भिडायो । यहाँ सेनाको नाउँमा सोही स्तरको माक्स किन्दा सरकारले प्रति पिस ५२ रुपैया ५३ पैसा खर्च गर्यो । माक्समा मात्र २६ करोड ६२ लाख खर्च गर्ने सदाचारी सरकारले कोरोनाका नाउँमा आवश्उक औषधी खरीद गर्दा रु ९ अर्व ८७ करोड सकेको छ । सबैलाई थाहाँ छ सेनाको खरीद र ओम्नी समुहको खरीदमा प्रधानमन्त्री रक्षा मन्त्री र स्वास्थ मन्त्रीको सहभागिता रहेको छ। रु ११ अर्वको सेकुरिटी प्रेश खरीद गर्दा रु ५ अर्व ६८ करोड खान जिटुजी प्रकृया थामर्सेकु समुहलाई तेस्रो पाटी बनाउने पनि यस्तै सदाचारीहरु थिए तर घानमा परे गोकुल । उनलाई नपुगेको केही थिएन दुरसन्चार प्राधिकरणको भ्रष्टचारमा उनै सहभागी थिए ।
ओम्नीलेल्याएको गाउन प्रतिपिस १९५४ र पैसा ५६ सेनाले २४१८ पैसा ७६ विभागले २०१३ मा खरिद गर्यो । देशभतm सेनाले वयापार गर्छ २ अर्व २५ करोडमा रु २६ करोड ६२ लाख चुना लगाउछ । त्यसैगरी सुज २४४ पैसा ३२ ओम्नी २९८ पैसा ७ सेना र रु ४१ पैसा ४८ स्वास्थ सेवा विभागको खरीदमा देखिन्छ। चस्मा २१९८ पैसा ८८ सेना २९३ पैसा १८ विभाग ६३८ फेस सिल्ड ३०५ पैसा ४ सेना १८३ पैसा २४ विभाग ४४१ पैसा १० रहेको छ । कमीसनकै कारण एउटा सामानमा समय अनुसार मुल्य तलमाथि हुनु कारण केहो सरकार ?बताउने दिन त आएनि ?आफ्नो तर्फ बाट ल्याइएका सामानहरु सेनाले सरकारलाई बुझाएको छैन । विभाग र सेनाको मुल्य अन्तर भएपछि संस्थागत रुपमा खण्डन गरेको सेनाले आन्तरिक भष्ट्रचार नियनत्रणमा भने चासो दिएको बताएको छ ।