Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओम्नीको लुटमा अख्तीयारकै संरक्षण !

काठमाण्डौ । कोरोना नियन्त्रणको नाममा गठन भएको इश्वर पोख्रेल नेतृत्वको सिसीएमसीका निर्णय विवादीत बन्दा ओम्नी इन्टरनेशनल प्रा. लिसँग जोडिएका पोख्रेल पूत्र स्वोराज पोख्रेल अहिले बेपत्ता छन् । पिता इश्वरले त्यस बखत सिसीएमसीको अध्यक्षका नाताले पूत्रको कम्पनीलाई चीनबाट कोरोना नियन्त्रण सहयोग गर्ने किट, गोवल्स, पोशाक, बुट, फेस सिल्ड, माक्स जस्ता सामाग्री बजार मूल्य भन्दा चार दोब्बर मूल्य राखेर खरिद गरेका थिए । ओम्नीले ल्याएको ८४ लाख किट गुणस्तरहिन थियो । त्यो अहिले गोदाममा थन्किएको छ ।

तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको दबाबमा गोदाममा थान्को लगाईएको हो । । भ्रष्टाचारीको मुख हेर्दिन भन्ने केपि शर्मा ओलीले आफ्नै हनुमान भानुभक्त ढकाललाई रु १ अर्ब ७२ करोडको आर्थिक हिनामीना गरेको आरोप लाग्दा मौन बसेका छन् । संसदको सार्वजनिक लेखा समितिले समेत भ्रष्टाचार भएको पत्ता लगाएर अख्तीयारलाई पत्र लेख्यो । तर अख्तीयारले ओम्नीको फाईल हेर्दैन । अख्तीयारले खरदार सुब्बा समाउँछ । ओम्नी र हुकामलाई छुदैन । किनकी ओम्नी र हुकाम ओली सरकारका बदनाम उपप्रम इश्वर पोख्रेलका कम्पनी हुन् । दुवै कम्पनीमा पोख्रेल पुत्र जोडिएका छन् । अख्तीयारले ओम्नी मात्र होइन ओली सरकारका पालामा भएका नीतिगत लुटको छानविन गर्दैन ।

लुटाहाहरुले २ करोड ५० लाखको आइटी पार्क ३ करोड ८० लाख ठेक्का दिएर पनि राज्यकोष लुटेकै हुन् । नेपाल टेलिकमको आर्थिक स्तर खस्कनुको कारण त्यस्ता अन्य ठेक्का जोडिएका छन् । यो देशमा ओली शासनको लुटको फेरिस्थ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको प्रतिवेदनले सार्वजनिक गर्दा रिसाएका तत्कालीन प्रधानमन्त्री केपि ओली महालेखाको बेरुजू प्रतिवेदनको चाङ्गका बारेमा मुख खोल्दैन । किनकी उनी विद्यालयको भौतिक संरचना बढाउनु, स्वास्थ्य केन्द्र सवलीकरण गर्नु भन्दा भ्यू टावर बनाउन रमाउने नेता हुन् । नेता र नेतृत्वको काम राज्यको सम्वृद्दि भन्दा लुटमै केन्द्रीत भएको इतिहाँस ओली शासनले स्थापित गरेको छ । नेकपा एमालेलाई भ्रष्टको पार्टी बनाएको छ ।