Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली निवासमा राष्ट्रपतिको खोजी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता सम्पन्न भएको छ । एमाले अध्यक्ष ओलीको बालकोटस्थित् निवासमा भएको भेटवार्तामा राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको बुझिएको छ। पछिल्लो समय सत्ता गठबन्धनमा खट्पट् सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि गठबन्धनमा खट्पट् सुरु भएको हो । आजको बैठकमा दुई नेताले राष्ट्रपतिको निर्वाचन र उम्मेदवारबारे छलफल गरेका हुन् । प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्ने अभिव्यक्ति दिएपछि एमाले नेतृत्व सशंकित बनेको छ । उनीहरुले राष्ट्रपतिको निर्वाचनबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्ने सहमति गरेका छन् । संयन्त्रको संयोजकमा एमाले अध्यक्ष ओली छन् । सो बैठकमा रास्वपाबाट सभापति रवि लामिछानेपनि सहभागी हुनेछन् । रास्वपाले सरकारबाट बाहिरिएपनि समर्थन भने कायमै राखेको छ। रास्वपाले सरकार छाडेकै दिन प्रधानमन्त्री दाहालले आफूले रास्वपासँग कुरा गर्ने र सहमतिमा पुग्ने विश्वास दिलाएका थिए ।