Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली निस्किएपछि बालुवाटार छिरे रवि

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ताको लागि बालुवाटार पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बालकोटबाट बाहिरिएलगत्तै लामिछाने प्रधानमन्त्री दाहालसँग छलफलको लागि बालुवाटार छिरेका हुन् । शुक्रबार लामिछानेको नागरिकतासम्बन्धी विवादमा फैसला आएको थियो । सो फैसलाले लामिछाने सांसद र मन्त्री हुन अयोग्य भनेको थियो । शुक्रबार अदालतको फैसलासँगै रवि कुनैपनि पदमा रहन अयोग्य भएका थिए । तर, आज भने रविले अदालतको फैसलाबमोजिम नै नागरिकता पूनः प्राप्ति गरेका छन् । नागरिकता पाएलगत्तै बसेको पार्टीको बैठकले लामिछानेलाई सभापतिमा नियुक्त गरेको छ । लामिछाने गृहमन्त्रीबाट पदमुक्त भएसँगै सो मन्त्रालय प्रधानमन्त्री दाहालले राखेका छन् ।
अहिले दाहालले सो मन्त्रालय आफ्नै दलमा राख्न चाहेको समाचार आएपछि लामिछानेले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । यसअघि दाहाललाई भेट्न एमाले अध्यक्ष ओली पनि बालुवाटार पुगेका थिए । सो भेटमा ओलीले गृहमन्त्रालय रास्वपालाई नै दिन दबाब दिएको बुझिएको छ । तर, दाहालले गृहमन्त्रालय आँफै राख्ने अडान लिएका थिए । ओलीसँगको आजको प्रचण्डको भेटवार्ता सुखद् नभएको बुझिएको छ । दाहालले राष्ट्रपतिमा पनि एमालेलाई सघाउन नसकिने कडा अडान लिएको बुझिएको छ। लामिछानेको दलले भने गृहमन्त्रालय आफ्नो दलको भागमा परेको भन्दै सो मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । लामिछानेले आजै एमाले अध्यक्ष ओलीसँग पनि बालकोटमा पुगेर छलफल गर्ने बुझिएको छ ।