Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली न्यायाधीशको शैलीमा प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाएका छन् । उनले अहिले जनताले फैसला सुनाउने बेला भएकाले न्यायाधीशले जस्तो फैसला सुनाउँदै नहिँड्न ओलीलाई महामन्त्री थापाले सुझाव दिएका छन् । काठमाडौं महानगरपालिकामा मंगलबार आयोजित चुनावी सभामा महामन्त्री थापाले नेताले जवाफ दिने र जनताले प्रश्न सोध्ने बेला चुनाव भएको बताए । जनताले पाँच वर्ष गरेका कामको जवाफ माग्नुपर्ने थापाको भनाइ थियो । २०७४ सालमा स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मासिक सुरक्षा भत्ता ५ हजार, घरघरमा अचम्मको सियो र गजबको चुलो । महानगर झिलिक्क घरघर टिलिक्क बनाउने वाचा गरेको एमालेले कति काम गरेको हो ? भनेर प्रश्न गर्नुपर्ने उनको भनाइ थियो । काठमाडौंका महानगर प्रमुख शाक्यको पालामा चार वर्षमा सिन्को पनि भाँचिएन भन्ने केशव स्थापित भोट माग्दै हिँडिरहेको थापाको भनाइ थियो । अबका चुनावमा एमालेको सजाय पाउने पालो भएको थापाको भनाइ थियो । २०५१ मा कांग्रेस र २०७० सालमा माओवादीले झैं २०७९ सालमा एमालेले जनताबाट सजाय पाउनुपर्ने उनले बताए । कोरोनाको समयमा जनता लकडाउनमा भएका बेला र चार सय किलोमिटर हिँडेर श्रमिक सिन्धुपाल्चोकबाट कैलाली जाँदै गर्ता त्यतिबेलाको सरकारको नेतृत्व गरिरहेको नेकपा सांसद अपहरण गरिरहेको थापाले बताए । पाँच वर्षमा के–के काम गरेको हो भनेर जवाफ दिनुपर्ने कांग्रेस महामन्त्री थापाको माग थियो । उनले पाँच वर्ष पहिले फोहोर सफा गर्छु भनेर गएको एमाले अहिले फेरि एक वर्षमा फोहोर सफा गर्छु भनेर भाषण गरिरहेको भन्दै जनतालाई जे पायो त्यहि नभन्न आग्रह गरे ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल