Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली पनि संकट ग्रस्त

काठमाण्डौ । हुकुमी शासक बनेर कम्युनिष्टको चीरहरण गरेर गुटको खेतीबाट अध्यक्ष पद जितेपनि केपि ओलीलाई संकटमुक्त हुने कतै स्थान रहेन । आफै छुद्र र दुष्टले अरुलाई दाश बनाउछ । त्यही कारण ओलीको दाश नबन्ने घोषणा गरेका भिमरावलले टीको लगाएर पाएको केन्द्रीय सदस्य पदको पनि सपथ लिएनन् । आफ्नो मनको बह पोख्न ओलीले पत्रकार सम्मेलन गरेर नेपाली काँग्रेसले तर्गीत बनाएको सञ्चार क्षेत्रलाई मसला दिएका छन् । मंसीर २५ बाट एमाले नव निर्वाचीत केन्द्रीय समितिको दोस्रो बैठक बस्दैछ । त्यो बैठकले कार्य विभाजन र जिम्मेवारी बाँड्ने बताईएको छ । पार्टी स्थायी कमिटीमा ४५ जना पोलिटव्यूरोमा ९९ जना छनौट गर्ने एमालेको योजना छ ।

अध्यक्ष १ वरिष्ठ उपाध्यक्ष १ उपाध्यक्ष ६ महासचिव १ उपमहासचिव ३ सचिव ९ गरी १९ पदाधिकारी सोतह स्थायी कमिटी र पोलिटव्यूरोमा पर्छन् । एमालेकै दशभाई धोकेबाज मध्येका भिमरावल, रघुपन्थ, भिम आचार्य, घनश्याम भूषाल स्थायी कमिटीमा पर्नै पर्याे । राजनीतिमा मणि हराएका मणि थापालाई दिनै पर्याे । पदाधिकारी र यी ५ जनाले २४ स्थान लिन्छन् । आफ्ना हात जगन्नाथ गर्नकै लागि एकाधिकार चम्काएका कम्युनिष्ट विरोधी केपिओलीलाई आफ्नै हनुमानहरुले घेरेका छन् । उनले सूर्यथापा गोकुल बास्कोटा, महेश बस्नेतहरुलाई आफ्ना विरोधी उपर गाली पूराण लगाउने खटाउने छन् । ओलीले पहिलो पोलिट व्यूरोमा भएकालाई स्थायी कमिटी दिनै पर्छ ।

जाती क्षेत्र लिङ्ग मिलाउन ओलीले जरुरी ठान्दैनन् । उनी संघियता समावेशीताको विराधी हुन् । विधान अधिवेशनले दिएको मापदण्ड चितवनले उल्ट्यायो । चितवनले दिएको सन्देश ओलीको हुकुमले लत्याए पनि एमाले विधि विधानमा चल्ने पार्टी हो भन्ने इश्वर पोख्रेलहरुलाई बोल्न लाज हुने छैन । गाली पूराणका अशली उपासक केपि ओलीलाई गफाडी र भ्रष्टाचारी नेता भने हुन्छ । उनले आफ्नो चरित्र ४१ महिना शासनकालको सत्ता संचालन र २ पटक संसदको हत्या गरेर देखाएका छन् ।


सम्बन्धित समाचार

दुर्गा प्रसाईँमाथि साइबर क्राइम

२०८३ जेष्ठ ६

ताजा नेपाल

सत्ताबाट अघाएकालाई के पुगेन

२०८३ जेष्ठ ६

ताजा नेपाल