Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको जयजयकार गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । कम्युनिष्ट पार्टी नीति र सिद्धान्तमा चल्थ्यो भने अहिलेको यो विवाद हुने थिएन । नेकपा (एमाले) निकट युवाहरुको संगठन युथ फोर्सले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । युथफोर्सले हजारौंको संख्यामा आज मोटरसाइकल र्यालीसहित वृहत मार्चपास गरेको एमाले नेता महेश बस्नेतले जानकारी दिए । युवा संघ तथा युथफोर्स जिल्ला कमिटी भक्तपुरले हजारौको मोटरसाइकल र्याली गरेको छ । मार्चपास माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य हुने भएको छ । उक्त मार्चपास सम्पन्न गरी कार्की व्याङ्क्वेटमा काठमाडौँ युथफोर्स भ्याली कमाण्डसमेत घोषणा गर्ने भएको छ । उक्त घोषणा तथा सपथ कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल