Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको सर्वसत्तावाद बालकोटमा थचक्क !

  • इश्वरी वाग्ले

देशमा कम्युनिष्टको नाउमा अराजकता चम्कियो । माक्र्स र लेनिनका सिद्दान्त र विचारमा ओलीलाई रुचिनै छैन । दक्षिणपन्थी विर्सजवाद, अवसरवादी विखण्डनकारी बाटो, सर्वसत्तावादी सोच ओलीको हुकुम भयो । त्यो हुकुम मानेर लुट्न इश्वर पोख्रेलहरु सफल भए । गोकुलको ७० करोड काण्ड त्यसै आएको होइन । पोख्रेलको अरब कुम्लाएको सुचना आफै आएन । प्रधानमन्त्री केपि ओलीले बालुवाटारमा देखाएको रमितामा भएको खर्च खाजाका नाममा ४ करोड राज्यकै कोषबाट खर्च भयो भने संसद विघटन पछि ओलीका तर्फबाट वोकालत गरेका कानूनी व्यवसायीहरुले कुम्लाएको रकमको हिसाब गरेर साध्य छैन । अहिले ओलीलाई सुचना बिनाको सुगा बनाइएको छ । बोल्न त उनी प्याच्च बोल्छन् । आफ्नै साथी सारथीलाई चिड्याउछन् ।

तस्कर र माफीयाहरुलाई नजिक बनाएर पूराना एमालेलाई खेदेकै छन् । त्यसको प्रति फल यति खेर बालकोटमा केपि ओलीले भोगिरहेका छन् । उनको समयमा कमाएका छाउराहरु केहि दिन डुक्रिने छन् । अदालतलाई आदेश दिने संवैधानिक परिषदमा ३ जनाको बहुमतलाई मान्ने अध्यादेश ओली कालको नमूना हो । बरु पार्टी विभाजन भयो । आफू बहुमतमा रहन र पार्टी कब्जा गर्न एक तर्फी २३ जना केन्द्रीय सदस्य थप्ने ओली नै हुन् । त्यी थपिएकाहरु पनि अहिले लथालिङ्ग भएका छन् । पार्टीको नाममा एक तर्फी निर्णय गर्न ओली पंक्ति अगाडि आयो । दक्षिण पन्थी अवसरवादको बाटो पच्छाएर पार्टी कब्जा गर्दा माधव नेपालले विद्रोह गर्ने नै भए ।

सत्ता टिकाउन दुई पटक संसद भंग गरियो । पहिलो चरणको संसद पूर्नस्थापना पछि प्रमको नाताले केपि ओली एक दिन पनि संसदमा गएनन् । बरु संसद भंग गरेर अध्यादेशबाट अर्थ र नागरिकता विधेयक ल्याईयो । नेपालबाट देश टुक्र्याउने धम्की दिने सिमामा नाकाबन्दी गर्ने महन्त राजेन्द्रहरुलाई सरकारमा समावेश गराएर देशको राष्ट्रियतामाथि प्रहार कसले गर्याे ? त्यहाँ एमालेको पंक्ति सामेल थिएन भन्ने ठाँउ रहेन । सर्वसत्तावाद लादन अख्तीयारबाट भ्रष्टहरु उन्मुक्त बनार्ईए । अदालतलाई पार्टीको न्यायीक समिति बनाईयो । राजस्व अनुसन्धान, सम्पत्ति शुद्दिकरण, राष्ट्रिय अनुसन्धान विभाग अर्थ र गृहबाट खोसेर प्रम कार्यलय अन्तर्गत लैजानु भनेको घुस संकलनको बाटो सरल र सहज बनाउनु थियो । यी निकाय प्रम कार्यलयमा तान्दा न त पार्टीले थाहा पायो न त मन्त्री परिषदले निर्णय गरेको सुनियो ।

दलाल र पूँजीवाद, माफीयाकरण र विचौलियाको हितमा काम गर्न राज्यमन्त्री हुँदा साल्ट ट्रेडिङ्गको नुनमा आफ्नो कम्पनीको लोगो टाँसेर प्रति किलो रु १५ ठग्ने मोती दुगड जस्ता ठग ओलीका आर्थिक सल्लाहकारमा राखियो । राज्यलाई कर नतिर्ने विद्युत प्रयोग गरेर महशुल नतिर्ने व्यापारी एमाले बनेर देश ठग्न सफल भए । केपि ओलीका सम्वृद्दि र विकास सर्वसत्तावादमा दौडियो । भजन गर्नेले भट्याए महेश बस्नेत गोकूल बास्कोटाहरुले तिघ्र ठटाए पाखुरा सुर्किए । ओलीको प्रगति यहि नै हो । अहिले किसान श्रेष्ठ, प्रेम आले जस्ता माफीयाहरुले पनि उनलाई छाडेकै छन् । कम्युनिष्टको नाउमा सरकारमा पुगेको व्यक्ति जब प्रतिगमनको बाटो लाग्छ त्यो बेला सुधारको अपेक्षा गर्न सकिदैन । नेपालमा हिन्दूत्व विरुद्ध धर्म निरपेक्षता संविधानमा घुसाउने सुभाष नेवाङ्गका अपराधको ढाकछोप गर्न पशुपतिमा सुनको जलारी, माडीको अयोध्यापूरीमा राम लक्षमण हनुमानको मूर्ति स्थापना यही बेला गर्नु पथ्र्याे ?

मठमन्दीर बन्नु धार्मिक स्थलको संरक्षण गर्नु राम्रो हो । तर समय अनुसारको व्यवहार गर्नु पर्याे नि ? कोरोनाले किसान र मजदुर हाहाकारमा छ भोको पेटका मान्छे लाखौ छन् । कम्युनिष्ट पार्टीको नाममा प्रधानमन्त्री बनेका केपि ओली शामान्तवादका नायक पूर्व राजा ज्ञानेन्द्र शाहा जति पनि जनपृय बन्न चाहेनन् । कुटनैतिक मर्यादा त उनले कति भत्काए । देशको राजनीतिलाई ठगी तस्करी र व्यापारी करणमा केन्द्रीत गराएको कुरा झुट्टो हो ?


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल