Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीमाथि यसरी खनिए खनाल

काठमाडौं । सर्वोच्चको आदेससँगै पार्टीमा फर्किएका नेताहरुलाई धमाधम पार्टी अध्यक्ष तथा प्रधानमत्री केपी शर्मा ओलीले कारबाहीको डन्डा चलाउन थालेपछि विद्रोह गरी गएका नेताहरु आक्रोशित भएका छन् । नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विर्सजनतर्फ उन्मुख गराएको आरोप लगाएका छन् । उनले ओलीले एकता बचाउन नसकेको बताए । एमाले फुट्यो भन्न नमिल्ने बताउँदै एमालेलाई धेरै संघर्षका साथ बनाइएको बताउँदै अहिले नै पार्टी फुट्यो भन्न नमिल्ने उल्लेख गरेका छन् । खनालले भने, जसरी पार्टीलाई एकतापूर्ण तवरले बचाउनुपथ्र्यो त्यो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले न वैचारिक, न राजनीतिक, न शैद्धान्तिक तरिकाले बचाउन सक्नुभयो न पार्टी एकिकरण नै, उहाँले पद र शक्तिमा पुगेपछि पार्टीलाई बिर्सनुभयो । खनालले आफूलाई दशौं महाधिवेशनले मात्र पदबाट हटाउन सक्ने तर्क गरे । उनले वैधानिकरुपमा बैठक नबोलाएर गुटगत बैठकबाट आफुअनुकुलका निर्णय ओलीले गरेकाले पार्टी विसर्जनतिर गएको आरोप लगाए । माओवादी केन्द्रसँग विगतमा एकिकरण गर्दा पनि अध्यक्ष ओलीले आफुहरुसँग छलफल नै नगरेको बताए ।