Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मुलुकको प्रमुख एजेण्डा बन्न पुगेको अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप छ ।
‘एकथरीलाई सडकमा जाउ भन्ने, एकथरीलाई सदनमा आऊ भन्ने’, सोमबार दहचोकस्थित कालु पाँडेको समाधिस्थल पुगेका ओलीले भनेका थिए
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्न षड्यन्त्र गरेको भन्दै ओलीले भनेका थिए, ‘एमसीसी पास गर्ने षडयन्त्र गर्ने, टेबल गर्न षडयन्त्र गर्ने, आफू मूर्तिझैं बस्ने १’ राष्ट्रिय राजनीतिका अन्य एजेण्डाजस्तै एमसीसी उल्झन पनि प्रचण्ड र माधवकै कारण निम्तिएको बताउने ओली स्वयंले पनि पार्टी निर्णय भने लिन सकेका छैनन् ।
‘हाम्रो पार्टी फुटाइएको छ, न्यायको आन्दोलनमा छौं । जिन्दावाद र मुर्दावादमा छौं । अरू एजेण्डाबारे त छलफल गर्नै पाएका छैनौं’, एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल भन्छन् । संसदको नियमित प्रक्रिया अवरोध गर्ने पार्टीको कार्यक्रम प्रष्ट र पुरानै भएकाले माग पूरा भएपछि मात्रै अरू विषयमा सोच्न सकिने ढकाल बताउँछन् । ‘संसदमा भाग लिने वातावरण बनाइएको छैन । संसद अवरोध रहरले गरेको होइन, बाध्यताले हो’, उनी भन्छन् ।
अध्यक्ष ओलीलाई अनौपचारिक भेटमा पनि उनी निकट नेताहरूले एमसीसीबारे प्रष्ट हुन सुझाव दिइरहेका छन् । ओली भने त्यस्ता सुझावमा मौन रहने गरेको एक नेता सुनाउँछन् ।
ढकालले जस्तै संसद अवरोधलाई एक सूत्रीय र सजिलो विकल्पका रूपमा एमालेले निरन्तरता दिंदै आएको छ । ८ फागुनमा एमसीसी प्रतिनिधिसभामा पेश भइरहँदा पनि एमाले सांसदहरूले नाराबाजी गरिरहे । तर एमसीसीप्रति चासो, चिन्ता र अभिव्यक्ति भने अध्यक्ष ओलीदेखि एमाले समर्थकमा समेत देखिन्छ । संसद् बैठकमा धेरै नजाने ओली एमसीसी पेश हुने दिन भने सहभागी भएका थिए । ओलीले अन्य दलका प्रमुख जसरी नै अग्रभागमा रहेर आफ्ना सांसदहरूको नाराबाजी सुने ।
बैठक सकिएपछि झण्डै ४० सांसद राखेर ओलीले एमसीसीबारे आफ्नो भनाइ राखे । ‘एमसीसी पास गर्नका निम्ति नल्याइएको’ निष्कर्ष सुनाएका ओलीको भनाइ थियो, ‘विदेशीहरुले नेपालको विषयलाई लिएर भनावैरी गर्न थाले । सडकमा नागरिकहरूबीच झडपको अवस्था हुन थाल्यो, बल्ल ल्याइयो ।’
दुईरदुई जना सभामुख फेरिंदा पनि एमसीसी रोकेर राखेकै कारण समस्या बढेको ओलीले बताएका थिए । तर फेरि पनि ओलीले एमसीसीबारे पार्टी निर्णय लिन आवश्यक ठानेनन् । जबकि राष्ट्रिय बहसको एजेण्डा बनेको एमसीसीबारे प्रष्ट निर्णय र अडान लिएर एमाले उभिनुपर्ने दबाव उनी निकट नेताहरूले लगातार बढाइरहेका छन् ।
२ फागुनमा बसेको संसदीय दलको बैठकमा भीम रावलले कार्यसूची बनाएरै छलफलको माग गरेका थिए । एमसीसी राष्ट्रहितमा नभएकाले अनुमोदन गर्न नहुने वकालत गर्दै आएका रावलले संसदीय दलमा कार्यसूची बनाएर छलफल गर्दा निष्कर्षमा पुग्न सकिने बताएका थिए ।
तर यसको पाँच दिनपछि एमसीसी प्रतिनिधिसभामा पेश हुँदा पनि एमालेले कुनै छलफल गरेन । ‘दीर्घकालीन महत्व राख्ने गम्भीर विषयबारे पार्टी निर्णय दस्तावेज गरिनुपर्थ्यो । आफ्ना समर्थक र जनतालाई एमालेको धारणा प्रष्ट भन्नुुपर्थ्यो, तर अहिलेसम्म पार्टी बैठकमा प्रस्ताव समेत बन्न सकेन’, एमालेका एक स्थायी कमिटी सदस्य भन्छन् ।
एमाले नाराबाजीमै सीमित हुने भएपछि संसदमा एमसीसी सम्झौता पेश हुनुअघि नेता भीम रावलले सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर एमसीसीको विरोधमा बोले । बरू एमालेले तिनै रावललाई बोल्ने दिएकोप्रति सभामुखसँग प्रश्न गर्यो ।
अध्यक्ष ओलीलाई अनौपचारिक भेटमा पनि उनी निकट नेताहरूले एमसीसीबारे प्रष्ट हुन सुझाव दिइरहेका छन् । ओली भने त्यस्ता सुझावमा मौन रहने गरेको एक नेता सुनाउँछन् ।
‘सत्ता गठबन्धनले अगाडि बढाएको र ठूलो जनमत समेत विपक्षमा रहेकाले एमसीसी अनुमोदन नगर्ने निर्णय गरेर जानु उपयुक्त हुने अधिकांशको सुझाव छ । तर ओलीले कुनै जवाफ दिनु हुन्न’, ती नेता भन्छन् ।
एमसीसीबारे निर्णय लिन पार्टीले कुनै छलफल नराख्ने र संसद बैठक पनि १२ फागुनसम्म स्थगित भएपछि राजधानी उपत्यका नजिकका सांसदहरू भने निर्वाचन क्षेत्र फर्किएका छन् । अर्थात् एमसीसीमाथि संसदमा छलफल र निर्णयार्थ पेश हुँदासम्म पनि एमालेले पक्ष वा विपक्षमा उभिने भन्ने निर्णय लिने देखिन्न ।
एमाले नेता झपट रावल भने एमसीसीबारे नबोलेर देश र पार्टीप्रति गैरजिम्मेवार बन्न नहुने बताउँछन् । एमसीसी विफल बनाउनुपर्ने मत राख्दै आएका रावल भन्छन्, ‘जनजीविका र राष्ट्रियताबारे नबोल्ने त कम्युनिष्ट पार्टी नै हुन सक्दैन । एमसीसी पारित गर्ने नै हो भने पनि यसलाई राष्ट्रहित अनुकूल बनाउनुपर्छ’ उनको तर्क छ, ‘देश र जनता भन्दा माथि पार्टी र नेता होइन
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल