Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीलाई दुवै पदबाट हटाउने ‘विपक्षी मोर्चा’को तयारी

काठमाडौं । कही नभएको जात्रा हाडिगाउँमा भने जस्तो कोरोना कहरले जनता आतंकित बनिरहँदा सत्तारुढ दलमा भने लडाइँ जारी छ । यो समय लडाइँका लागि कत्तिको उपयुक्त हो ? त्यो त दुई तिहाई जनमत प्राप्त पार्टीले बुझेकै होला । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै चर्किने भएको छ । यही मंसिर १३ गते सचिवालय बैठक बस्दैछ ।

कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रस्ताव पेश गरेपछि विवाद झनै बढेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने दाहालको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका छन् । तर, अब बस्ने सचिवालय बैठकमा भने ओलीले पनि छुट्टै प्रस्ताव पेश गर्ने भएका छन् ।

ओलीविरुद्ध राजनीतिक प्रस्ताव पेश गरेर युद्ध छेडेका दाहालसहित वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ भने आक्रामक तयारीमा जुटेका छन् । उनीहरु अब कसरी अघि बढ्ने ? भन्नेबारे नियमित छलफल र भेटवार्तामा जुटेका छन् । वरिष्ठ नेता खनालले सञ्चारकर्मीहरुसँग भनेका छन्, सचिवालयका हामी पाँच जना चट्टानजस्तै एक छौं ।

सचिवालयमा अध्यक्ष कमरेड प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि छलफल हुन्छ । प्रतिवेदन, ठीक छ । पार्टीमा पेश भएपछि कार्यकर्तामा पठाउँदा आपत्ति गर्नुभएन । प्रतिवेदन त आखिरमा छलफलको लागि ल्याईएको हो ।


सम्बन्धित समाचार