Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले बोकेर चम्किएको राप्रपा

काठमाडौं । नाच्न जाँन्दैन आँगन टेढो भन्ने उखान नेपाली राजनीतिका भ्रष्ट शिरोमणिहरूलाई आफैंले तयार गरेको संविधान, आफैंले ल्याएको गणतन्त्रको जग बलियो बनाउन नसक्दा राजावादी प्रतिगामी तत्वको सक्रियताले आतंकित बनाएको छ । राजतन्त्र कालको भन्दा ५ दोब्बर भ्रष्टाचार र बेथितिको चाङमा गणतन्त्रलाई डुबाएर तलबि राजनीति गर्दै आफ्नालाई पोसेर मक्किएको सत्ता हल्लनु नौलो होइन । पूर्व राजाका बारेमा राप्रपा पनि स्पष्ट छैन । व्यवस्था फाल्न जनताको शक्ति चाहन्छि । संविधान संशोधन गर्न दुई तिहाई चाहिन्छ । तर एमालेका अध्यक्ष केपी ओलीले देशभर वाम गठबन्धन हुँदा संसदमा प्रवेश गराएको एक जनाबाट ०७९ मा १४ जना भएको कुरामा चासो दिए कि दिएनन् ? किनकि ओलीले पार्टी छिन्नभिन्न गराएर प्रचण्ड र माधवलाई सबक सिकाउन राप्रपा जस्तो शक्ति बोकेका हुन् ।
आज राप्रपाको स्थानीय तहको शक्ति पूर्ण मजबुद छैन । व्यवसायी दुर्गा प्रसाईहरूले कम्युनिष्टको विरोध गर्दा सहकारी, लघुवित्त र बैंकहरूको शोषणविरुद्धको आवाज उठाएकै कारण सामाजिक सञ्जालको प्रचारलाई जनताले रुचाएका हुन् । नीतिगत भ्रष्टाचार प्रधानमन्त्री ओली र वर्तमान सरकार जग बिनाको महल भएको हो । स्वार्थका लागि अध्यादेश जारी गरेर संसदमा प्रमुख विपक्षीमाथि निषेध लगाउने गरी सभामुख प्रयोग भएको अवस्था छ । सरकार आर्थिक रुपमा कतै सफल छैन । काँग्रेसभित्रै वर्तमान सरकारको कामले आक्रोश बढाएको बेला ज्ञानेन्द्र शाहलाई राजाकै मान्यता दिने वरिष्ठ नेता डा. शेखर कोइराला समेत राजावादीको चहल पहललाई दलगत चुनौती दिने अवस्थामा छैनन् ।
सडकबाट साथ नपाउने आफू केही नगर्ने ओली सरकारको विलक्षण प्रतिभा हो । यो सरकार जनताको हितमा छैन । किनकि कालो बजारका नायकहरू प्रधानमन्त्रीका विश्वासी छन् । कालोबजारमाथि प्रहार गर्न नसक्नुको कारण सरकार जनताबाट तिव्र आलोचित भएको हो । मन्त्रीहरूको बदमासीमा दर्शक बनेको प्रधानमन्त्री ओलीलाई आफैं राजा सरह भएकोमा गर्व जति लाग्छ पूर्व राजालाई आफू वंश परम्पराबाट च्यूत भएकोमा डाहा लाग्नु नौलो होइन । ज्ञानेन्द्रको स्वागत गनेृहरू पनि जनता हुन् । सरकारले धरातल नबुझीकन जसरी प्रहरी शक्ति परिचालन गरेर सडक आतंक सिर्जना गराउँछ, त्यो सरकारको कमजोर पक्ष हो । सत्यलाई स्वीकार्न नसक्ने आफू र आफ्नो गुटको सेवा गर्ने गरी राज्य शक्ति प्रयोग गर्ने ओली सरकारका जनविरोधी हर्कतको यो चम्काई धरातल नबुझेको तामझाम मात्र हो । सरकारका गलत काम दर्जनौं छन् । त्यसले आक्रोश चम्केको छ । राजावादी, गणतन्त्रवादीबीचको लडाइँ नौलो होइन किनकि राप्रपालाई कम्युनिष्ट सरकारमा पठाउने रास्वपाका रवि लामिछानेलाई उचाल्ने केपी ओली हुन् । अहिले ती उनकै शत्रु भएका छन् ।

 


सम्बन्धित समाचार

एमालेमाथि सबैतिरबाट आक्रमण

२०८१ फाल्गुन २८

ताजा नेपाल

विद्याको सुझाव केपीको फुस्सा

२०८१ फाल्गुन २८

ताजा नेपाल

कहिले खुल्छ यिनको चेत

२०८१ फाल्गुन २८

ताजा नेपाल