Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीसँग कुरा मिलाउने जिम्मा प्रचण्डलाई

काठमाडौं । दुई पाइलटको नेकपाभित्रको विवाद उग्र रुपमा अघि बढेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफूलाई दुवै पदमा टिकाइराख्न जुनसुकै हर्कत गर्त तयार छन् । तर पार्टीका अन्य नेता उनको यो मनोमानी मान्न तयार छैनन् । तर विधि र प्रक्रियामा केपी ओली चल्न तयार छैनन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी समिति बैठक स्थगित गरे पनि ओली बाहेकका नेताहरुले त्यसलाई अस्वीकार गर्दै बोलाएको स्थायी समिति बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अहिले पार्टीभित्र देखिएको संकटको अवस्थालाई निकास दिन र ओलीसँग सहमति गर्न कार्यकारी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको छ । बैठकमा २९ स्थायी समिति सदस्य र २ जना आमन्त्रित सदस्य सहभागी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ओलीले बैठक स्थगित गर्नु सही नभएकाले बैठक बसेको भन्दै श्रेष्ठले सोअनुसार ओली समूहलाई पनि बैठकमा सहभागी हुन आग्रह गरे पनि अस्वीकार गरेको बताए ।