Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कता खनिएला यिनको मत ?

काठमाडौं । राष्ट्रपति कुन दलको हुने भन्ने स्पष्ट खाका देखिएको छ । तर पनि रात रहे अग्राख पलाए भन्छन् । राजनीतिमा नहुने पनि केही देखएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन २४ गते मात्रै राष्ट्रपतिका कुन उम्मेदवारलाई मत निर्णय गर्ने भएका छन्। २५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ। रामचन्द्र पौडेल र सुवास नेम्वाङ उम्मेदवार छन्। पौडेललाई ९ दलको समर्थन छ। नेम्वाङलाई अहिलेसम्म एमाले एक्लैको साथ छ। संसदको चौथो शक्ति रहेको र १५०१ मतभार रहेको रास्वपाले चुनावको अघिल्लो दिनमात्र निर्णय गर्ने सभापति रवि लामिछानेले नेपालखबरलाई जानकारी दिए। ‘राष्ट्रपति निर्वाचनबारे निर्णय भइसकेको छैन, चुनाव अगाडि गरे भइहाल्यो,’ लामिछानेले भने, ‘तर, दुवै उम्मेदवारसँग सर(सल्लाह भएको छ, उहाँहरुले भोट गर्नुस् भन्नुभएको छ, हामीले निर्णय गरिनसकेको जवाफ दिएका छौं।’
२४५० मतभार रहेको राप्रपाले फागुन २४ गते कार्यसञ्चालन समितिको बैठक बोलाएको छ। त्यही बैठकले निर्णय गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए। राप्रपाका अध्यक्षसहितका पदाधिकारीलाई भेट्न रामचन्द्र पौडेल सोमबार पनि पार्टी कर्यालय पुग्दैछन्। यसअघि सुवास नेम्वाङले पनि राप्रपाका सांसदहरुसँग भेट गरिसकेका छन्। फागुन १२ गते नै कार्यसमितिको बैठक राखेर राष्ट्रपतिको चुनावमा प्रस्तावकरसमर्थक नबन्ने निर्णय गरिसकेको राप्रपाले चुनावमा कुन उम्मेदवारलाई मत दिने निर्णय फागुन २४ गतेमात्र गर्न लागेको उनले बताए।
‘हामी २४ गते यसबारे निर्णय गर्छौँ, अहिले केही बोलेका छैनौँ,’ श्रेष्ठले भने, सबै विकल्पमा खुला छौँ। छलफल गरेर सोचविचार गरेर निर्णय गर्छौँ। उनका अनुसार अध्यक्ष राजेन्द्र लिङदेन पाँच दिनपछि काठमाडौं आएकाले थप छलफल हुन पाएको छैन। संसदको अर्को घटक नेपाल मजदूरकिसान पार्टीले पार्टीभित्र त्यसबारे छलफल नै नभएको जनाएको छ।
सांसद प्रेम सुवालले २५ गते बिहानसम्म निर्णय गर्न सकिने बताए। अहिलेसम्म पार्टीमा कुनै छलफल भएको छैन, अब कुन समीकरण बन्ने हो थाहा नै छैन, कसको कहाँ सम्पर्क भइरहेको छ, उनले भने। राष्ट्रपति चुनावमा नेमकिपाको मतभार २२३ छ।